जनकपुर, ४ कार्तिक ।
जनमत पार्टीका कार्यकर्ताहरुले खानेपानी तथा ढल निर्माण विभाग जनकपुरका प्रमुखलाई अर्धनग्न पारी बजार घुमाएको घटनालाइ लिएर नेपाल कुशवाहा कल्याण समाजले घटनाकाे निन्दा गर्दै कानुनी कार्वाहीकाे माग गरेकाे छ । 
नेपाल खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न पारी जनमत पार्टीका कार्यकर्ताले बजार घुमाएकाे घटना प्रति नेपाल कुशवाहा कल्याण समाजको गम्भिर ध्यानाकर्षण भएको जनाउदै प्रेस विज्ञप्ति जारी गरेकाे हाे ।
समाजका केन्द्रिय सचिव बीरेन्द्र कुमार मेहताले जारी गरेकाे प्रेस विज्ञपतिमा देशको कानूनी व्यवस्था र समाजिक मुल्यमान्यताको खिल्ली उडाउँदै जनमत पार्टीका नेता/कार्यकर्ताहरूले जङ्गली व्यवहार देखाएको र निमित्त प्रमुख कुशवाहाको प्रतिष्ठामाथी आँच आउने गरी गरिएकाे अपमानजनक व्यवहारले उहाँको मानमर्दन भएको ठहर गरेकाे छ ।
भ्रातृ संगठन नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजले पनि जारी गरेकाे विज्ञप्ति
हिलो-कालो छ्याप्दै नगर परीक्रमा गराईएको उक्त घटना घृणित कार्य भएकोले खेद प्रकट गर्दै समाज उक्त घटनाको गम्भिर भर्त्सना गर्दै दोषीहरु माथि कडाभन्दा कडा कानूनी कारवाहीको माग गर्दछ, भनिएकाे छ । अन्यथा यो समाज आन्दोलन र प्रतिकारमा उत्रिन बाध्य हुने विज्ञप्ती मार्फत जनाएकाे छ ।