चिनियाँ कुटनीतिक चासोबाट नेपाली राजनीति प्रभावित हुने आशंका

32

काठमाडौं । उत्तरी छिमेकी देश चीनले नेपालमा कुटनीतिक चलखेल तिव्र बनाएको छ । नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्या च्युनले मंगलवार एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली संग भेटवार्ता गरेको हो ।
यस्तै सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका युआन मंगलबार बिहान ओलीसँग वार्ताका लागि एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका हुन् । ओली कम्बोडियाको निर्वाचनमा पर्यवेक्षण गरेर सोमबार फर्किए लगत्तै मंगलबार बिहान यो भेटवार्ता भएको बताइएको छ ।
यो भेटका अवसरमा दुई नेताबीच कम्युनिष्ट पार्टीको सम्बन्ध, नेपाल र चीनबीचको साझेदारी, आपसी हित र चासोबारे कुरा भएको छ ।
भेटका क्रममा एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालसहितका नेताहरु पनि सहभागी थिए ।
यसअघि चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ता च्या चुनले आइतबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए ।
राष्ट्रपति सी चिनफिङका विश्वासपात्र च्या च्युन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निकट भविष्यमै गर्न लागेको चीन भ्रमणको तयारीका लागि नेपाल आएको बताए ।
प्रचण्ड आगामी भदौमा चीन भ्रमणमा जाने तयारी रहेको छ । चिनियाँ टोली आइतबार बिहान काठमाडौं उत्रिएपछि राजनीतिक भेटघाटलाई तिव्र बनाएका छन् ।
टोलीले शनिबार इटाली पुगेका प्रधानमन्त्री प्रचण्डसँगसमेत आइतबार जुम एपका माध्यमबाट छलफल भएको श्रोतले बतायो ।

स्मरणीय छ की, नेपालमा ठूलो परिमाणमा सुन बरामद भएपछि चिनियाँ नेताहरुको नेपाल भ्रमणबाट नेपाल राजनीतिमा चिनियाँ चासोबाट राजनीति वृतमा शंका उपशंकाहरु उब्जाएका छन् ।