Advertisement

लुम्बिनी

गाउँमा खसी काटेर, मोबाइलमा रिचार्ज हालेर, घरघरमा साडी बाँडेर कसैले चुनाव जित्छु भन्ने नसोच्न मर्चवारी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राजु जयसवालले बताएका छन ।

Advertisement

घरदैलो गर्ने क्रममा उम्मेदवार जयसवालले ‘चुनावमा पैसा खर्चनेले भोली तपाइ हामीबाटै वसूल गर्ने हो’ भनेर मतदातालाइ सचेत गराउदै सो कुरा बताएका हुन । मर्चवारी–२ पाण्डेपिपरहवामा मतदाता सित संक्षिप्त कुरा गर्दै उम्मेदवार जयसवालले भने, ‘हाम्रो रगत पसिनाले कमाएको सम्पत्तिबाट तिरेको करको पैसाबाट बन्ने बिकास बजेट पचाउन र सोझासाझा नागरिकमाथि शासन गर्न मात्र शासक र लोभी मानसिकता भएका केही उम्मेदवारले तपाइ हाम्रो अमूल्य भोट किन्न पैसा लुटाएका छन ।’

असारको भ्यागुतोझै हामफालेका केही उम्मेदवारले ‘जसरी पनि चुनाव जित्छु’ भन्ने दाबी गर्दै मतदाता तर्साउन खोजेको सुन्नामा आएको भन्दै उनले त्यस्ता कल्पित दाबी गर्नेलाइ नागरिकले तह लगाउने निश्चित रहेको उनले बताए । उनले भने, ‘जहाँ राजू छ, वहाँ सुरक्षा रहन्छ । राजू रहदा सम्म कसैले आफ्नो शक्ति बखान गरेर मर्चवारीका मतदाता नतर्साउन उनले चेतावनी दिए ।

उनले भने, ‘नोट र चोटको धम्कीले मर्चवारी तर्सिने र बहकिने छैन, मर्चवारीका मतदातालाइ तर्साउन वा बहकाउन खोज्ने पराजित मानसिकताका उम्मेदवारको पत्ता साफ हुने निश्चित छ ।’ मर्चवारीको बखान गर्दै उनले भने इतिहासमा अंग्रेज–भारतको फौजलाइ परास्त गरि फर्काउने मर्चवारबासीले त्यस्ता उम्मेदवारलाइ सदाका लागि पाखा लगाउने निश्चित छ। मर्चवारी गाउपालिका निर्बाचनमा सत्ता र शक्तिको दुरूपयोग गर्नेहरूले आचारसंहिता मिच्नु कुनै नौलो र अनौठो कुरा नभएको सुनाउदै महंगा गाडीको लाइन लगाएर, बाहिरबाट मानिस बोलाएर चुनाव जित्न नसकिने उनले बताए ।

उनले भने, पहिलेका रैती छैनन्, आजका सचेत नागरिक मतदातालाइ कसैले पैसा र शक्तिले दबाउछु अथवा किन्छु भन्ने नसोच्दा हुन्छ ।’ ‘२०७४ को स्थानीय तह निर्वाचनलाइ स्मरण गर्दै उनले भने, साडी बाँड्दै हारेका उम्मेदवारले फेरी त्यही हत्कण्डा अपनाउनु आफैमा लज्जास्पद र बिबेकहीनताको उदाहरण हो ।’ उनले मतदातालाइ बिबेकपूर्ण निर्णय लिन आग्रह गर्दै जसले जुन शैलीमा भोट माग्छ उसलाइ उसैको शैलीमा ब्यवहार गर्न सुझाए ।

शिक्षा, स्वास्थ्य, कृषि र रोजगारको क्षेत्रमा योजनाबद्ध काम गर्दै नागरिकको गाँस, बाँस र कपासको ब्यवस्थापनका लागि कुनै कमी हुन नदिने उनले बताए । उनले भने, मलाइ जिताउनुस, पालिकाको स्वास्थ्य नीती, शिक्षा नीती कृषि नीति र रोजगार नीतीमा उल्लेख्य सुधार गरेर बिभेदरहित, समतामूलक,समृद्धि र बिकासका लागि मैले काम गर्नेछु ।

मर्चवारीको बिकासमा अमूल परिवर्तन तथा भ्रष्टाचार र बिभेदलाइ अन्त्य गर्न उपाध्यक्ष सहित हामी स्वतन्त्र उम्मेदवारी दिएका हौ । हाम्रो उपाध्यक्ष औठा छाप होइन अब मास्टर्स गरेकी अनुभवी नेत्री हुनेछिन उनले भने ।

Advertisement