11.7 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

गुल्मीमा तीन दिनमा एकै ठाउँमा तीन सवारी दुर्घटना

- Advertisement -

 

बुटवल, गुल्मीमा लगातार तीन दिन एकै ठाउँमा तीनवटा सवारी साधन दुर्घटनामा परेका छन् ।
जिल्लाको तम्घास–रिडी सडकखण्ड अन्तर्गत गुल्मीदरबार गाउँपालिका–३ गौँडाकोट म्यालपोखरीस्थित देउराली जंगलमा तीन दिनमा तीनवटा सवारी साधन दुर्घटनामा परेका हुन् ।
गत शुक्रबार ग १ च ७४५७ नम्बरको बोलेरो जिप दुर्घटना भएको थियो । त्यसको भोलिपल्ट शनिबार ग १ ज ४२८० नम्बरको कार साही ठाउँमा दुर्घटना भएको थियो । उक्त कार तम्घास यात्रु छोडेर पोखरा फर्किदै गरेको अवस्थामा दुर्घटनामा परेको ट्राफिक प्रहरी जवान विजयकुमार यादवले जानकारी दिए ।
त्यस्तै आइतबार बिहान पनि लु २ ख २९८१ नम्बरको टिप्पर सोही ठाउँमा दुर्घटनामा परेको छ । तीन दिनमा एकै ठाउँमा तीनवटा सवारी साधन दुर्घटना भएपनि मानवीय क्षती भने भएको छैन ।
शीतले सडक चिप्लो भएको र घुम्ती सडक भएका कारण लगातार दुर्घटना भएको प्रहरीको अनुमान छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme