गाउँपालिका अध्यक्षको निधनमा नवलपरासी पश्चिमका सबै पालिका बन्द, कांग्रेस स्तव्ध

0
26

नवलपरासी, असार १ ।

जिल्लाकाे प्रतापपुर गाउँपालिकाका अध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य एवम जिल्ला सदस्य राजकुमार शर्माको निधनले नवलपरासी पश्चिम शोकमग्न भएको छ ।

Advertisement

उनको निधनमा सोमबार नवलपरासीका सबै पालिका बन्द गरिएको छ । नेपाली कांग्रेसबाट निर्वाचित शर्माको निधनले नेपाली कांग्रेस स्तव्ध भएको छ । स्वर्गीय शर्माको पार्थिव शरीरमा नेपाली कांग्रेसले शोक कार्यक्रम गरी पार्टीको झण्डा ओढाएर अन्तिम संस्कार गरकोे थियो ।

उनको अन्तिम संस्कार त्रिवेणीधाममा अाइतवार अपरान्ह नारायणी तटमा विधिपुर्वक सम्पन्न गरिएकाे छ । अन्तिम संस्कारमा पूर्व गृह राज्य मन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य, प्रतिनिधीसभा सदस्य देवेन्द्रराज कंडेल, जिल्ला सभापति विष्णु प्रसाद पौडेल, संविधान सभा सदस्य देवकरण कलवार सन्तु, बिक्रम खनाल, जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, सम्पुर्ण नगरपालिका र गाउँपालिकाका अध्यक्ष, नेपाली कांग्रेसका कार्यकर्ता लगायत हजारौंको उपस्थिति थियो ।

गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा उनी सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कार्पियो बर्दघाटमा दुर्घटनामा परेको थियो । कार बर्दघाटको लक्ष्मीनगर पुलदेखि तल खोलामा खसेको हो । दुर्घटनामा घाईते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएको र उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरिक्षक राजु लामाले बताए ।

शर्मासंगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाईते भएका छन् । उनी खतरामुक्त रहेको बताईएको छ । अध्यक्ष शर्मा जिल्ला विपद ब्यबस्थापन समितिको बैठकमा सहभागिता जनाउन परासी जाँदै थिए।

शर्मा २०४९ सालमा साविक गुठी सूर्यपुरा गाविसमा वडाध्यक्ष निर्वाचित थिए भने २०५४ सालमा सोहि गाविसको उपाध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। पत्रकार समेत रहेका शर्मा प्रेस युनियनका केन्द्रीय पार्सद समेत थिए । शर्माकाे एक श्रीमति, एक छाेरा र २ छाेरी हुनुहुन्छ ।

यस दुखद घडीमा नेपाली कांग्रेस, नेपाल शिक्षक संघ, जिल्ला समन्वय समिति, ५ नं. प्रदेश सरकार लगायतका संघ संस्थाले विज्ञप्ति निकाली समवेदना प्रकट गरेका छन् ।

दशैँ -बिज्ञापन
green_resturant_ad

green_resturant_ad

green_resturant_ad