खिचडी महोत्सव तथा थारू सास्कृतिक झमटा कार्यक्रम


श्याम थापा
सुस्ता २८ पुष

इतिहास भाषा कला सास्कृतिक इहे हखई हमार पहिचान, फरल फुलल खिचडी महोत्सव इहे हखई हमनीके शान ।

यहि मुल नाराका साथ थारु जातीहरुको महान चाड खिचडी महोत्सवको अवसरमा २ दिने थारू सास्कृतिक झमटा कार्यक्रम नवलपरासी जिल्ला सुस्ता गाउँपालिकाको वार्ड न २ गुदरियामा सुरु भएको छ ।

जनकल्याण टोल बिकास समिति, नवदुर्गा आमा समुह, जय मा कुवारवर्ती कन्या समूह सुस्ता गाउँपालिका वार्ड न २ गुदरियाको संयुक्त आयोजनामा भएको हो । जय मा कुवारवर्ती कन्या समुहका अध्यक्ष सुनिता महतोको अध्यक्षयतामा र सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको प्रमुख अातिथ्यतामा भएको थारु सास्कृतिक झमटा कार्यक्रममा थारु जातीहरुले खेतीपाति तथा घरायसी कार्यमा प्रयोग गर्ने औजार र थारु जातिको पोसाकहरुको प्रदर्शन पनि गरिएको छ । भने थारु जातिहरुको महान पर्व माघी खिचडीमा खाने खानाहरु  घोङगी, चिचर, माछा र सोजुवा रोटी लगायतको खानेकुराहरूको पनि कार्यक्रममा प्रदर्शन गरिएको थियो ।

 

सो थारु सास्कृतिक झमटा कार्यक्रममा करिब २५ वटा झमटा ग्रुपको सहभागी रहेको आयोजकले जनाएको छ । त्यसैगरी झमटा कार्यक्रममा महेन्द्र मा बि कुडियाका प्र अ भुपनारायण चौधरी, समाजसेवी राम प्रसाद आर्याल, साविक कुडिया गाबिसका पुर्व अध्यक्ष प्रेम चन्द्र गुप्ता, साविक त्रिबेणि सुस्ता गाबिसका पुर्व अध्यक्ष टेक नारायण उपाध्याय, सुस्ता गाउँपालिका वार्ड न २ का वडा अध्यक्ष किशन लाल मुखिया र सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्र कुमारी थरुनी लगायतले थारु जातिहरुको सास्कृतिक जोगाउनका लागि अब युवा पुस्ताहरुले ध्यान दिनु पर्ने बक्ताहरुको जोड रहेको थियो ।

थारु जातिहरुको कला र सास्कृतिकको बिकास गर्नको लागि सुस्ता गाउँपालिकाले विभिन्न गुरु योजना बनाई पहल गर्ने सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले प्रतिबद्धता गर्नु भएको छ ।