जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको रजत महोत्सव

95
बिज्ञापन

परासी, २६ पुस ।

नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ९ भुतहां स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको रजत महोत्सव भब्यताका साथ बुधबार सम्पन्न भएको छ । संस्था स्थापना भएको २५ वर्ष पुरासँगै २५ औं साधारण सभा विभिन्न सांस्कृतिक कार्यक्रम, सम्मान तथा संस्थाको गत वर्षका विभिन्न प्रतिवेदनहरु पारित गर्दै साधारण सभा सम्पन्न भएको हो ।

Advertisement

संस्थाका अध्यक्ष ज्ञानहरी भट्टराईको अध्यक्षता तथा पूर्व सांसद बिक्रम खनालको आतिथ्यतामा भएको साधारण सभामा अध्यक्ष सहित विभिन्न प्रतिवेदनहरु सर्वसम्मत रुपले पारित भएको हो । संस्थाले गत आर्थिक वर्षमा २८ करोड २९ लाख २० हजारको कारोबार गर्दै ६४ लाख ८ हजार बराबरको नाफा गरेको जनाएको छ ।

]गत वर्ष १ करोड ५६ लाख शेयर पुँजी र बचत निक्षेप २४ करोड १२ लाख रहेको सो संस्थाले चालु आर्थिक वर्षमा ३६ करोड ९३ लाख कारोबार गर्ने लक्ष्य लिएको छ । संस्थाले न्यून्तम दरमा सेयर सदस्यहरुलाई ऋण लगानी गरी उत्पादनशिल क्षेत्रमा लगानी गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ ।

साधारण सभामा शुभकामना मन्तब्य दिदै पुर्व सांसद खनालले यस जनक्लयाण सहकारीले वास्तवमा यस क्षेत्रका जनताको कल्याण गरेको अनुभुति भएको बताउनु भएको थियो । उँहाले शेयर सदस्यहरु एउटै सहकारी संस्थामा आबद्ध भई आफ्ना आर्थिक कारोबार सहकारी मार्फतनै गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्यालले सहकारीहरु सँख्यात्तमकभन्दा गुणात्मक तरिकाले बृद्धि भई साधारण सदस्यहरुको जिवन उकास्ने कार्यक्रममा थप जोड दिनुपर्ने आवश्यक्ता औल्याउनु भयो ।

कार्यक्रममा जनकल्याण सहकारीका संस्थापक अध्यक्ष शम्भुलाल श्रेष्ठ, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्याक्ष माधवप्रसाद पौडेल, वडाध्यक्षहरु चन्द्रकान्त चापागाइँ, राजु मिश्र, तिर्थराज फौजदार, कविराज आचार्यलगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा जेष्ठ नागरिक शेयर सदस्य र एस ई ई परिक्षामा उत्कृष्ट अंक ल्याई पास भएका साधारण सदस्यका छोराछोरीहरुलाई सम्मानित गरिएको संस्थाका सञ्चालक सदस्य हेमबहादुर क्षेत्रीले जानकारी दिनभयो । संस्थाको १२ औं निर्वाचन कार्यक्रम विहिबार सम्पन्न हुदैछ । साधारण सभा कार्यक्रममा विभिन्न जातजातीका संस्कृति झल्कीने झाँकीहरु प्रस्तुत गरिएको थियो ।

संस्थाले रजत महोत्सवको अवसरमा एक साता कार्यक्रम समेत गरेको थियो । संस्थाले सप्ताह व्यापी कार्यक्रममा सरसफाई, रक्तदान, समाज रुपान्तरणका लागि सहकारी अभियान अन्तर्गत वक्तृत्व कला तथा हाजिरी जवाफ प्रतियोगिता र जनचेतना मुलक कार्यक्रमहरु गरेको संस्थाका संचालक सदस्य हेम बहादुर क्षेत्रीले बताउनु भयो ।