काठमाडौं, २२ कात्तिक
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखान बस्ने रामेछाप मन्थली घर भएका १९ वर्षीय रंजित शेर्पा लामाको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । टनेलमा पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि मेडिकेयर अस्पताल चाबहिलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
सिरहा, सखुवानान्कारकट्टी गाउँपालिका-३ खैरिहानी बस्ने ७५ वर्षीय कारी यादवको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । सोही ठाउँस्थित घाँस काट्न गएकोमा घर नफर्कीएपछि खोजी गर्ने क्रममा हाई भोल्टेजले चुढीएको तारले करेन्ट लागेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।
दार्चुला, मार्मा गाउँपालिका-४ मर्मती बस्ने ३५ वर्षीय प्रेम महरको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । सोही गाउँपालिका-२ लामबगरस्थित गणेश सिंह बिष्ट र शेर सिंह बिष्टको घरको दोस्रो तलामा ढलान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका मिस्त्री काम गर्ने उनको लटिनाथ स्वास्थ्य चौकी दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




