मौलाकालिका मन्दिरमा केवलकार निर्माण हुने, रुख कटानको काम सुरु

0
18
Advertisement

डोलराज रानाभाट, गैँडाकोट, जेठ ११ ।

देशकै प्रशिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिर गैँडाकोट १ नवलपुरमा एक वर्षभित्रै केवलकार निर्माण हुने भएको छ । केवलकार निर्माणका लागि आजबाट रुख कटानको काम सुरु भएको हो । मन्त्रीपरिषदको निर्णयबाट रुख कटानको अनुमति आएपछि फिल्डमा काम थालिएको मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाले बताए । उनले भने धार्मिक वन र मौलाकालि सामुदायिक वन क्षेत्रका रुखहरु १ हजार ३८ वटा रुखहरु काटिने छन् ।

Advertisement

केवलकार निर्माणको काम सुरु भएको बताउँदै नगरप्रमुख छत्रराज पौडेलले जिल्लाकै गौरवको आयोजना आफ्नो नगरमा हुनु खुशीको विषय भएको बताउनुभयो । निर्माण सम्पन्न गर्न नगरवाट पूर्ण सहयोग हुने भन्दै यसले स्थानीयको आयआर्जनमा परिवर्तन ल्याउनुका साथै रोजगारीको अवसर र नगरको विकासमा ठूलो टेवा मिल्ने बताउनुभयो ।

उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको कम्पनी मौलाकालि केवलकार निर्माण प्रालिले केवलकार निर्माण गर्ने भएको हो। कम्पनीका प्रोजेक्ट म्यानेजर गोकुल साउदले एकवर्षभित्र केवलकार निर्माण सम्पन्न गरी संचालनमा ल्याउने दावी गर्नुभयो । चन्द्रागिरी हिल्स र मनकामना केवलकार निर्माण  गरेकै अष्ट्रेलियन कम्पनीले कन्स्ट्रक्सनको काम सुरु गर्ने बताउनुभयो ।

गैँडाकोट १ धारापानीमा र मन्दिर नजिक रहेको हेलिप्याडमा गरी दुई वटा स्टेशन बन्नेछ । दुई वटा स्नेशन रहने केवलकारको कुल लम्वाई १२ सय मिटर रहेको छ । ६ वटा टावर रहने केवलकारमा १२ वटा डब्बा हुने र एउटा डब्बामा ८ जना अट्ने साउदले बताउनुभयो । दैनिक ६ हजार यात्रु आवतजावत गराउने क्षमता केवलकारको रहने छ ।  “धेरै संरचना निर्माण गर्नुनपर्ने भएकाले पनि एक वर्षमै काम सक्नेछौँ,” साउदले भन्नुभयो ।
५१ प्रतिशत कम्पनी र ४९ प्रतिशत स्थानीयको लगानी रहने गरी कुल २ अर्ब लागतमा केवलकार निर्माण हुने बताइएको छ । समय अनुसार लागत बढ्नपनि सक्ने साउदको भनाई छ । “आयोजनाप्रति अपनत्व हुने भएकाले स्थानीयको पनि लगानी राखेका छौँ” साउदले भन्नुभयो ।
मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकाटोले पैदल नै मन्दिर जाँदा राम्रो हुने भएपनि समयको माग अनुसार केवलकार निर्माणको सुझाव आएपछि अनुमति दिएको बताउनुभयो । धेरै निर्माण कम्पनी आएपनि चन्द्र ढकालको कम्पनीसँग मात्रै सामाजिक हित सहितको सहमति बनेपछि निर्माण अनुमति दिएको उहाँको भनाई छ। योग्यता र क्षमताको आधारमा स्थानीयलाई रोजागारी दिनेदेखि एउटा समिति बनेर शर्तहरु पुरा गर्ने सहमति भएर मन्दिरको ३४ औँ साधारणसभाले निर्माणको अनुमति दिएको सापकोटाले बताउनुभयो ।
सव डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सूर्य सिह गुरुङले रुख कटान गर्दा ध्यान दिनुपर्ने कुरामा प्रशिक्षण दिनुभएको थियो। साथै रुख कटान गरिएको नजिकै वृक्षारोपणको ठाउँ उपलब्ध गराउन आग्रह गर्नुभयो । वृक्षारोपण निर्माण कम्पनीले गर्नेछ ।
वडाअध्यक्ष हरिप्रसाद सापकोटाले लामो समयको संघर्षपछि केवलकार निर्माणले साकार पाएको भन्दै यो वडाको पनि गौरव भएको बताउनुभयो । जनप्रतिनिधिको हैसियतले निरन्तर अनुगमन गर्ने र आवश्यक सहयोग हुने बताउनुभयो ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अमृत भट्टचनले निजी क्षेत्र नाफामूलक मात्रै नभई समुदायको विकासमा ठूलो काम गरेको छ भन्ने उदाहरण यो भएको भन्दै यसले पर्यटन प्रवद्र्धनका साथै विकास र रोजगारीका अवसर बढाउने बताउनुभयो । पवित्र स्थलमा पवित्र काम भएको उहाँको भनाई थियो।
मौलाकालि सामुदायिक वनका अध्यक्ष काशिनाथ कडेँलले केवलकार निर्माणको चरण र निर्माणपछि हुने फाहोरमैला व्यवस्थापनमा विशेष ध्यान आग्रह गर्दै भएको सहमति काार्यन्वयनमा कमी हुन नहुनेमा सचेत गराउनुभयो। साथै गैँडाकावासीले केवलकार चढेर आउदा जादा हुनुपर्ने सहुलियत देखि रोजगार लगायत सहमति सम्झौताका कुरालाई मनैदेखि मनन गरेर स्थानीयवासीहरुसँग सहकार्य गरेर काम गर्न आग्रह गर्नुभयो ।

Advertisement