उद्याेगपति विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत


६ मंसिर, काठमाडौं ।

नेपालका चर्चित उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पदमा सर्वसम्मत रूपमा चयन भएका छन् । चाैधरी नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेका छन् ।

सोमबार नवलपरासी पुर्वको क्षेत्र नम्बर १ बाट उनी महाधिवेशनमा सर्वसम्मत चयन भएका हुन् ।

चौधरी मधेसी कोटामा महाधिवेशन प्रतिनिधि चयन भएका निर्वाचन समितिले जानकारी दिएको छ ।