26.1 C
New York
Tuesday, May 26, 2026

Buy now

spot_img
spot_img

आफूलाई चिन्न, बदल्न, असल तथा स्वच्छ बन्न ध्यान विज्ञान आवश्यक – उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ

- Advertisement -

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ध्यानलाई धर्मसँग नभएर विज्ञानको रूपमा जोडेर हेर्नुपर्ने धारणा व्यक्त गर्दै आफूलाई चिन्न, बदल्न, असल तथा स्वच्छ बन्न ध्यान विज्ञान आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल सरकार गृह मन्त्रालयको समन्वय तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र जीवन विज्ञान संस्थाको संयुक्त आयोजनामा ध्यान विज्ञान ध्यानद्वारा उर्जा जागरणको एक दिवसीय कार्यशालाको सोही प्रतिष्ठानमा शनिबार उद्‍घाटन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो ।

उक्त अवसरमा गृहमन्त्री श्रेष्ठले ध्यान विज्ञानले सुरक्षा अंगका कर्मचारीलाई असल, स्वच्छ एवम् शुद्ध बन्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने चर्चा गर्दै नेपाल सरकारले अंगिकार गरेको सुशासनको अभियानलाई समेत प्रभावकारी रूपमा सम्पादन गर्न  कार्यशालाले थप मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । ध्यानको माध्यमबाट हरेक कर्मचारीहरूलाई तनावमुक्त, एकाग्रता, स्वजागरण एवम् स्वअनुशासित बनाउन सहयोग हुने तथा उनीहरूबाट सम्पादन हुने कार्यमा समेत सकारात्मक प्रभाव पर्ने हुँदा निष्ठा एवम् समर्पणभावका साथ ध्यान विज्ञानलाई आत्मसाथ गर्न उहाँले जोड दिनुभयो ।

योगले शारीरिक अभ्यासको साथै जीवनशैलीलाई राम्रो बनाई आफूलाई रूपान्तरण गर्ने प्रकृयामा योगदान पुर्‍याउने उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले समाजलाई राम्रो बनाउन र विश्वमा नै मानवताको प्रवर्द्धन गर्न समेत ध्यान विज्ञान फलदायी हुने बताउनुभयो । मन्त्रालय र सुरक्षा संयन्त्रको नेतृत्वले ध्यान विज्ञानको अभियानको मर्म र महत्वलाई गम्भीर रूपमा आत्मसाथ गरेको चर्चा गर्दै आगामी दिनमा समेत सुरक्षा निकायमा ध्यान विज्ञानको प्रशिक्षणलाई थप विस्तार गर्दै लैजाने उहाँले बताउनुभयो ।

उक्त अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्दै शारीरिक व्यायाम सँगसँगै योगाभ्यासलाई समेत विशेष महत्वका साथ प्रयोगमा लैजान सकियो भने व्यक्तिगत र व्यावसायिक जीवनलाई थप सकारात्मक सोचका साथ अगाडि बढाउन सकिने विचार व्यक्त गर्नुभयो ।

कार्यशालामा जीवन विज्ञान संस्थाका संस्थापक एवम् जीवन विज्ञान विशेषज्ञ रमेश नेपालद्वारा प्रहरी कर्मचारीहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यशालामा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, जीवन विज्ञान विशेषज्ञ एल.पि. भानु शर्मा, गृह मन्त्रालयका सहसचिव, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रशिक्षार्थीहरू, जीवन विज्ञान संस्थाका स्वयंसेवक तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme