आज तेक्वान्दो खेलाडीलाई बेल्ट र प्रमाणपत्र प्रदान

कृष्णा गिरी

नवलपरासी, बैशाख ११ ।

बर्दघाट नगरपालिकाकाे वडा नम्बर १२ भटौलियामा सञ्चालनमा रहेकाे तेक्वान्दो प्रतियाेगिताका खेलाडीहरुलाइ बेल्ट ग्रेडिङ तथा प्रमाणपत्र प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको छ ।

नित्यानन्द रत्नकुमारी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजन गरिएको कार्यक्रममा ५० जना खेलाडीहरूले सहभागिता जनाएका थिए ।

अध्यक्ष श्री गोपाल सिंह आलेले ट्रेनिङको साथै गर्ल्स सेल्फ डिफेन्सलाई निरन्तर्ता दिदै आएको र आगामी दिनमा खेलाडी उत्पादनको साथै आत्मरक्षा शीप सिविरलाई अगाडी बढाउनमा जोड दिने बताउनुभयो । कोरोना संक्रमणले गर्दा तेक्वान्दो विद्यार्थीलाई मापदण्डको पालना गर्नुपर्छ भन्दै आजको राष्ट्रिय तेक्वान्दो संघ- नेपाल, नवलपरासी कार्य समितीकाे विद्यार्थीहरुको प्रमाण पत्र र बेल्ट प्रदान कार्यक्रम सम्पन भएको हाे ।