आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

30
The roof of a house is burning, while a firefighter rushes with his hose to put out the blaze.

सिन्धुपाल्चोक, १० माघ

मेलम्ची नगरपालिका-५ सिन्धुकोट पौडेल गाउँ बस्ने टिका दत्त पौडेलको गोठमा खाना पकाउने क्रममा चुलोबाट एक्कासी आगो सल्कन गई गोठ र गोठसँगै जोडिएको उनको छोरा शंकर पौडेलको घर र गोठमा समेत आइतबार राति आगलागी हुँदा करिब १६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।