२०७७ साल असार महिनामा नेपाली कांग्रेस तत्कालीन उपसभापति र अहिले काङ्ग्रेसका नेता विमलेन्द्र निधिले नेपालको हिमाल र सर्वोच्च शिखर सगरमाथामा चीनले आपित्तजन गतिविधि गरेको ट्विट मार्फत जनाएका थिए । अहिले नेपालको सगरमाथामा चीनले चिरा पार्ने रातो धर्को खिच्ने कोसिसमा छ । के नेपाली नेत र जनतालाई एकै उठना बाध्य पारिदै छ । सगरमाथा नेपालको हो चीनको होइन: नेपाल रिपब्लिक पार्टी
उनले समाजिक सञ्जाल फेसबुक स्टाट्स लेख्दै निधिले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् । चीनले कोरोना कहर नै मौका हो भन्दै सगरमाथाको चुचुरोमा एकल कब्जा जमाउदै
त्यसोत पछिल्लो समय अर्थात १ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारीक ट्वीट पेजमा चोमोलोङमा चुचुरो माथि देखिएको विशेष किसिमको सूर्यको दृश्य भनी सगरमाथाको तस्वीर राखेको थियो । जसमा विश्वको सर्वोच्च शिखर माउण्ट एभरेष्ट चीनमा पर्छ भनिएको थियो ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरा स्वशासित क्षेत्र तिब्बतमा रहेको भन्दै प्रचासप्रसार भएपछि सामाजिक सञ्जालमा यस्तो चर्को विरोध भएको थियो ।
यसको चौतर्फि विरोध हुन थालेपछि २४ घण्टा बित्न नपाउँदै पुनः ट्वीट गर्दै चाइना ग्लोबल टेलिभिजन नेटवर्कले भन्यो–‘नेपाल–चीन सीमामा रहेको विश्वै सर्वोच्च शिखर सगरमाथामा रुपमा चिनिएको चोमोलोङ हिमालको आकाशमा १ मे को शुक्रबार ए असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ ।’
चिनियाँ मिडियाले सच्चायो गल्ती, भन्यो–‘सगरमाथा नेपाल–चीन सीमामा’
यसैगरी नेता निधिले समाजिक सञ्जाल फेसबुक स्टाट्स लेख्दै हुम्ला, रसुवा, संखुवासभा र सिन्धुपाल्चोक गरि ३३ हेक्टर जग्गा चीनको कब्जामा रहेको बताएका छन् । साथै उनले गोरखाको रुई गाउँ समेत चीनको कब्जामा रहेको बताएका छन् । यो गाउँ ६० वर्षदेखि तिब्बतको अधिनमा छ ।
उत्तरी गोरखाको रुई गाउँ सरकारी हेलचेक्रयाइँका कारण २०१७ सालदेखि चीको अधिनमा छ । चीनको स्वशासित क्षेत्र तिब्बतले नेपाली गाउँ कब्जा जनाएको हो । उक्त गाउँमा हाल ७२ घर छन् । यो गाउँ अहिले नेपालको नक्सामा समेत छैन ।
त्यसोत गत महिना चीनले नेपालको ३६ हेक्टर भूभाग मिचेको सरकारी तथ्यांक सार्वजनिक भएको थियो । चीनको नेपालको चार उत्तरी जिल्लाको सीमामा रहेको उक्त ३६ हेक्टर भूभाग मिचेको तथ्यांकमा हेर्न सकिन्छ ।
चीनले नेपालको ३६ हेक्टर भूभाग मिचेको सरकारी तथ्यांक सार्वजनिक
सीमाबारे अध्ययन गरेको नापी शाखाको टोलीले सरकारलाई २०७२ साउन ५ गते प्रतिवेदन बुझएको थियो ।
त्यसोत पछिल्लो समय सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमी लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेको थियो ।
त्यस्तै लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको क्षेत्रलाई समेटिएको नयाँ नक्साअनुसार नशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको थियो ।
२ सय ५८ मतसहित संविधान (दोस्रो संशोधन) विधेयक प्रतिनिधिसभाबाट पारित
सरकारले संघीय संसदमा पेश गरेको संविधान संशोधन विधेयक दुवै सदनबाट पारित भएपछि निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अंकित भएको हो । जसरी भारतले अतिक्रमण गरेको भूभाग नेपालको नक्सा र निशान छापमा समावेश भयो त्यसरी नै यो गोरखाको रुई गाउँ नेपालको नक्सा र नेपाल सरकारको अधिनमा ल्याउन सरकारले पहल थाल्ने पर्ने देखिन्छ ।
यसैगरी कांग्रेस नेता निधिले कोरोनाबारे सहयोग गर्ने र चिनियाँ भाषा बढाउने नाममा चिनियाँ सेना नेपाल ल्याउन खोजेको बताएका छन् ।
भिडियो सम्मेलनः नेपालको सुरक्षामा आँच नपुर्याउन चीनको चेतावनी
भिडियो सम्मेलनः नेपालको सुरक्षामा आँच नपुर्याउन चीनको चेतावनी
सरकारलाई चिनियाँ पार्टीले तालिम लिएकोबारे सरकारसँग जवाफ मागेका छन् ।
फेसबुक स्टाट्स लेख्दै निधिले भने–‘कोरोनाबारे सहयोग र चिनियाभाषा पढाउने नाउमा चिनियाँ सेना आउने र सरकारलाई चिनिया पार्टी ले तालिम दिएको समाचार आयो। सरकारको जबाफ चाहियो !’
चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले नेपालको पार्टी स्कुल विभागसँग मिलेर तिब्बत सरकारका पदाधिकारीहरुको निम्ति भिडियो सम्मेलनको आयोजना भएको थियो ।
नेपाल र चीनबीचको सम्बन्ध थप बलियो बनाउँने : सिपिसी विदेश विभाग प्रमुख ताओ
तत्कालीन बनेको एकीकरण पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखलेरसहित सहभागी रहेको भिडियो सम्वादमा चिनियाँ कम्यनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ्ग ताओले कूटनीतिक शैली तर स्पष्ट शब्द भनेका थिए –‘जसरी हङकङ र तिब्बतको मुद्दामा नेपाली जनताले चीनलाई साथ दिँदै आएको छ, त्यसरी नै नेपालको सार्वभौमसत्ता र सुरक्षामा चीन नेपालसँग रहनेछ ।’
यसअघि सन १९६२ को भारत–चीन युद्धपछि नेपाल–भारतवीच विवाद बढेको बेला प्रधानमन्त्री चौ एनलाईसँगैै नेपाल आएका विदेश मन्त्री तथा सेनाका मार्शल छन् यीले बहादुर भवनमा आयोजित पत्रकार सम्मेलनमा यसरी नै उद्घोष गरेका थिए,‘नेपालमाथि कसैले हमला गरेमा चिनियाँ जनमुक्ति सेनाले सो को प्रतिकार गर्नेछ ।’
वार्तामा चीनका तर्फबाट सोङ्ग ताओका अतिरिक्त तिब्बत हेर्ने पार्टी सचिव वु यिङ्ग्जिए र जिल्ला पार्टी स्कुल विभाग प्रमुख सु वेन्हुइसमेत सहभागी रहेका थिए ।
यिनै विषयलाई समेटेर नेता निधिले फेसबुकमा लेखेका थिए । ‘हिमालय र सगरमाथाबारे आपत्तिजनक चिनियाँ गतिविधि, हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरि ३३ हेक्टर जग्गा चीनद्वारा कब्जा, गोरखाको रुई गाउँ कब्जा, कोरोनाबारे सहयोग र चिनियाँ भाषा पढाउने नाउमा चिनियाँ सेना आउने र सरकारलाई चिनियाँ पार्टीले तालिम लिएको समाचार आयो । सरकारको जवाफ चाहिँयो !’ साभारः द नेपाल टप