अध्यक्ष पदका उम्मेदवार उमेश यादव घरदैलोमा

0
42
Advertisement


नवलपरासी

स्थानिय निर्वाचनको लागि प्रतापपुर गाउँपालिकामा नेपाली काग्रेंसले घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ ।
गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार उमेशचन्द्र यादव र उपाध्यक्ष पदका लागि मान कुमारी चौधरी लगायत पार्टीको तर्फबाट उम्मेदवारी दिएका वडाध्यक्ष तथा सदस्यहरुले चुनावी प्रचार प्रसार अगाडी बढाएका हुन्।
घरदैलो कार्यक्रम आज वडा नं. ४ पर्साबाट आरम्भ गर्दै यादव लगायतका प्यानलले शिक्षा, स्वास्थ्य र कृषि लगायतका समस्यालाई सम्बोधन गर्ने साथै गाउँपालिका स्तरमा देखिएको समस्यालाई सामाधान गर्ने यादवले बताए ।
निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ नेपाली काग्रेंस पार्टीलाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । गाउँपालिकाको स्तरउन्नति र नमुना गाउँपालिकाको रुपमा विकाश गर्ने यादवले प्रतिबद्धता जनाएका छन् ।

Advertisement

Advertisement