अध्यक्ष गाेल्ड कपबाट बाहिरियाे सुनवल ११

उमेश बि.क/नवलपरासी, २९ पुस ।

नवलपरासीको सरावल गाउँपालिकामा जारी ‘‘प्रथम सरावल अध्यक्ष गाेल्ड कप फुटबल प्रतियोगिताबाट सुनवल ११ अाज अाइतवार बाहिरिएकाे छ ।

अाइतवार सम्पन्न भएको प्रतियोगिताको क्वाटर फाइनल खेलमा सुनवल ११ लाई १ को बिरुद्ध २ गोलले पराजित गर्दै बुटवल फुटबल क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । खेलमा बुटवल फुटबल क्लब बुटवलका खेलाडी मिसान दर्लामीलाई म्यान अफ द म्याच प्रदान गरिएकाे छ । दर्लामीलाई म्यान अफ द म्याचकाे ट्राफी सरावल गाउँपालिकाका उपाध्यक्ष उत्तमा रायले प्रदान गरेका हुन् ।

सेमिफाइनलकाे खेल २८ बिगहा माघ २ गते बुधबार अप्रहान्न १ बजेदेखि कावासाेती र बर्दघाट फुटबल क्लब बर्दघाट बिच खेल हुने आयोजकले जनाएको छ । गाउँपालिका स्तरीय खेलकुद समितीको आयोजना तथा सरावल गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित माघे संक्रान्तिको पावन अवसरमा प्रथम सरावल अध्यक्ष गाेल्ड कप फुटबल प्रतियोगिता सञ्चालन गरिएकाे हाे ।

प्रतियोगितामा प्रथम हुनेलाई रू. १ लाख २५ हजार र द्धित्तीय हुने समुहलाई रू. ७५ हजारका साथै गोल्ड मेडल प्रदान गरिने अध्यक्ष महेन्द्र चौधरीले बताउनुभयो ।

म्यान अफ द म्याचलाई सम्मान गर्दै सरावल गाउँपालिका उपाध्यक्ष रायले खेल क्षेत्रको विकासमा आफु सदैव लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफुले सक्दो पहल गर्ने र सरावल गाउँपालिका भित्र छिटै स्टेडियम निर्माणका लागि पहल गर्ने उँहाले आश्वासन दिनुभयो ।