वृजराज कुशवाहा
नवलपरासी, २७ असाेज ।
वर्षाैंदेखि बेलाबेलामा बल्झिने गरेकाे सुस्ताकाे घाउ अब नयां रहेन् । राज्यले पनि सुन्न छाेड्याे । हुनत् उहिले पनि के नै सुनेकाे थियाे र ? हाे सत्ता भन्दा बाहिर रहेका बेला धेरै नेता सुस्ता पुगे र सुस्ताका लागि याे गर्छु, त्याे गर्छु भनेर अाश्वासन अवश्य बांडेका हुन् तर सुस्तावासीका हात लाग्याे शुन्य । खास गरि कम्युनिष्ट नेताहरू भारत विराेधि स्वर अाेकल्नका लागि भएपनि सुस्ता पुग्ने गरेका हुन् ।
कम्युनिष्टहरूकाे त्यही दम देखेका सुस्तावासीहरू यस बेला गुहार माग्न जानु पर्छ, पुगे काम बन्न सक्छ भनेर ठुलाे अाशा र विश्वास लिएर करिब ६० जनाकाे टाेली चामल दालकाे पाेकाे बाेकेर काठमाण्डाै पुग्याे तर १३ दिनसम्म पर्खाइमा बस्दा पनि प्रधानमन्त्रीलाइ भेट्न पाएन ।
सुस्ता बचाउ अभियान की नेत्रृ लैला बेगम भन्छिन् मनमा ठुलाे धाेकाे लिएर अाएका थियाैं कि सत्तामा अहिले त्यहि कम्युनिष्ट नेताहरूकाे सरकार छ, जुन बेला सुस्ता पुगेर अाश्वासन दिनु भएकाे थियाे ।
तर हाम्राे सपना चकनाचुर भयाे । हामीलाइ सहयाेग नगर्ने भए किन अाश्वासन दिन
सुस्ता पुगेका हुन् । अब सुस्तावासी हामी यस सरकारबाट पाठ सिकेछाैं ।
ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालले भनेका छन् सुस्ता भूमिमाथि बढदै गरेकाे अतिक्रमणका कारण असुरक्षित बन्दै गएकाे सुस्ता भूमि र सुस्तावासीकाे बचाउका लागि काठमाण्डाैं अाएपुगेकाे टाेलीलाइ प्रधानमन्त्रीले भेटने र गुनासाे सुनने समय नदिएर राम्राे गरेनन् । मन दुखाउ गर्दै उनले फेशबुक मार्फत एउटा प्रतिक्रिया सार्वजनिक गरेका छन् ।   
सुस्ताबाट प्रधानमन्त्री केपी शर्मा अोलीलाई भेट्न अाउनुभएका
सुस्ता बचाउ अभियानका अभियन्ताहरूले तत्काल प्रधानमन्त्री अमेरिका र कोस्टारिका
भ्रमणमा जानुभएको हुँदा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोख्रेललाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।
उहाँहरूले गृहमन्त्री रामबहादुर थापा `बादल´ लाई पनि ज्ञापनपत्र बुझाउनुभयो ।
यी दुवै कार्यक्रममा म पनि सुस्ताका हतभागीहरूसँगै थिएँ । त्यसपछि उहाँहरूले विषयगत
मन्त्रीहरूलाई भेटेर अाफ्ना समस्या अवगत गराउनुभयो । अरू जजसलाई भेटे पनि उहाँहरूको एउटै रटान थियो, प्रधानमन्त्रीलाई नभेटी नफर्कने ।
अाफूले ल्याएको दालचामल सकिन लागेको र प्रधानमन्त्रीसँग भेट हुने संभावना नदेखेपछि उहाँहरू निराशाका सुस्केरा हाल्दै सुस्ता फर्कनुभयो ।सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको नेतृत्वमा
अाएका दुई दर्जन मानिसहरू, जो सुस्ता बचाउन वर्षौंदेखि लड्दै अाइरहेका छन्,
प्रधानमन्त्री कार्यालयको उपेक्षाको झापड खाएर रन्थनिँदै फर्कन बाध्य हुनु
कति लाजमर्दो कुरा हो । र अहिले के सुनिँदै छ भने सुस्ताको
विषय प्रधानमन्त्री कार्यालयमा अाएकै छैन ।
प्रधानमन्त्री कार्यालयमा पत्रपत्रिकाहरू पुग्दैनन्, जहाँ सुस्ताको खबर प्रशस्तै छापिएका थिए । र म स्वयम् प्रधानमन्त्रीसँग समय मिलाउन प्रयासमा थिएँ । यदि प्रधानमन्त्री सचिवालिय त्यति जिम्मेवार
थियोे भने सुस्ताको प्रतिनिधि मण्डल प्रधानमन्त्रीलाई भेट्न अाएको छ भन्ने समाचार
ठूला  दैनिक सामाचारपत्रहरूमा देख्नासाथ त्रिपुरेश्वरको एक मन्दिर परिसरमा
शरणार्थी शैलीमा बसिरहेका सुस्ताका नागरिकलाई भेट्न पुग्नुपर्थ्यो ।
अनि अहिले दरबारिया शैलीमा हामीलाई खबर अाएन भन्ने ?
म ठोकेर भन्छु, सुस्ताको भौगोलिक अवस्था बुझ्न अाजसम्म कुनै `नेपाली प्रधानमन्त्री´ त्यहाँ गएका छैनन् । कुनै प्रधान सेनापति, कुनै प्रहरी महानिरीक्षक र नापी विभागका बहालवाला महानिर्देशक त्यहाँ पुगेको समाचार मैले पढ्न पाएको छैन । कसैलाई पनि भ्रम नरहोस्, सुस्ता कुनै सैनिक, कुनै प्रहरी र
कुनै प्रशासकले गर्दा नेपाली भूभागका रूपमा रहिरहेको होइन, यो केवल भारतीय सीमा
सुरक्षा बलको बन्दुक र लाठीसँग सुस्तावासीले गरेको लडन्तभिडन्तका
कारण बचेको हो ।
उनीहरू अाफ्ना प्रधानमन्त्रीलाई दुखेसो पोख्न अाएका थिए , ती प्रधानमन्त्रीलाई जसले कुनै दिन सुगौली सन्धिले निर्धारित गरेको सिमाना एक इन्च तलमाथि हुन दिइनेछैन भनेका थिए । तर हेर्नुस्  त,
कालापानीमा भारतीय अर्धसैनिक बलको  परेड हेर्दै हाम्रा प्रधानमन्त्री सुस्ता मिचिएको
खबरप्रति कति बेखबर छन् !
स्मरण रहोस्, सुस्तावासीलाई प्रधानमन्त्रीसँग भेट गराइदिने प्रयासमा म पनि संलग्न थिएँ तर दुःखद् कुरा हामी कोही सफल भएनौँ ।अबको मेरो सङ्घर्ष सुस्ताका वास्तविक नागरिकलाई
नागरिकता र जमिनको लालपुर्जा दिलाउने कुरामा केन्द्रित हुनेछ । नागरिकता र लालपुर्जा उनीहरूका
हातमा परेपछि सुस्ताको सिमाना उनीहरूले नै बचाउनेछन् ।
मेरो निवेदन छ, मलाई सरकारले असहयोग नगरोस् ।
सुस्ता बचाउ अभियानका अध्यक्षा गाेपाल गुरूङले भने सुस्ताका हामी एक्लाे सिपाही हाैं, ज्यान जाेखिममा पारेर पनि सुस्ता भूमिका लागि लडदै अाएका छाैं, अब हामीलाइ सरकारकाे सहयाेग चाहियाे । सहयाेग चाहिएकाे बेलामा सरकारका प्रधानमन्त्रीलाइ भेटन नपाउदा दुख लागेकाे छ ।
सुस्ता बचाउ अभियानका सदस्य रबिन्द्र जायसवाल भन्छन् महिला पुरूष गरि ६० जनाकाे संख्यामा काठमाण्डाैं पुगेका सुस्तावासीहरू थापाथलीकाे कालमाेचन घाटकाे उदासी अखाडामा पाल टांगेर १३ दिनसम्म
विभिन्न अाेहदावालालाइ भेटेर सुस्ता भूमि बचाउन अाग्रह गर्याैं तर
प्रधानमन्त्रीलाइ भेटन नपाउदा काठमाण्डाैंकाे दाैडधुप
असफल झैं लागेछ ।
सुस्ता विवाद एक जटिल समस्या अवश्य हाे तर यसमा सरकारले चांसाे नदेखाएपछि झन जटिल बनेकाे छ । वर्तमान सरकारका नेताहरू जसले विगतमा सुस्ता विवादलाइ चर्काउने काम गरे । अाफु अनुकुल व्याख्या गरे । भारतले सुस्ताकाे भूमि मिचेकाे छ भनेर टाउकाे हल्लाइ हल्लाइ जाेर जाेरले भाषण गरे । अहिले त्यही सुस्ता उनका लागि घांडाे महशुस भएकाे छ ।
प्रधानमन्त्रिले सुस्तावासीलाइ भेटेर कुरा सुन्दैमा भारत रिसाउंछ र सरकारलाइ गाह्राे हुने अांकलन गरिएकाे छ । सरकार जिम्मेवार बन्नुपर्छ र सुस्तावासीकाे कुरा सुनेर सीमा विवाद सदासदाका लागि अन्त्य गरिनुपर्छ । सुस्ताकाे नाममा अब राजनीति गरिनु हुदैन । सुस्तावासी पनि नेताहरूकाे अाश्वासनमा अब भुल्ने दिन गए ।