15.7 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

सहयात्री नेपालकाे आयाेजनामा १६ दिने अभियान कार्यक्रम सम्पन्न

- Advertisement -

पप्पु रेग्मी, बर्दघाट, १९ मंसिर २०८१ ।
यो वर्ष “हामी सबैको प्रतिवद्धता लैंगिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता” भन्ने राष्ट्रिय नारा सहित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान  र “समावेशी तथा दिगो भबिस्यको पूर्वाधार, अपाङ्गता भएका ब्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार” भन्ने मूल नाराका साथ ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस अनाथ बालबालिकाहरुको सहयोगी संस्था सहयात्री नेपाल बर्दघाट नगरपालिका वडा नम्बर १४ गंगावस्ति (आवास क्षेत्र) मा  मंगलबार विविध कार्यक्रम सहित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यालयकाे सभा घरमा मनाएकाे छ । सहयात्री नेपालकाे अध्यक्ष तिल कुमारी श्रेष्ठकाे अध्यक्षता तथा बर्दघाट नगरपालिका वडा नम्बर ११ काे वडा अध्यक्ष फणेन्द्र चाैधरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन गरिएको हाे । कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष चाैधरीले प्रमुख अतिथिकाे आसनबाट बाेल्दै, जब आफ्नो मनलाई सकारात्मक साेचमा परविर्तन गर्न सके, तब लैंगिक हिंसामा न्यूनिकरण हुन सक्ने बताउदै, यो संग सम्बन्धीत ऐन, नियमका विषयमा जानकारी प्रत्येक घर घरमा हिंसा के हो किन र हिंसा सहनु हुन्न भन्ने विषयमा जानकारी गराउन आवस्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस बर्दघाट नगर सभापति दामोदर जि.सी. बेस नेपालका जिल्ला संयाेजक शालिकराम पाेखरेल, बर्दघाट नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष उमाशंकर चाैधरी, पत्रकार विष्णु खनाल,  समाजसेवी  माधव ढकाल, समाजसेवी भवानी शंकर भट्टराई, समाजसेवी डिल कुमारी कुंवर लगाएतले अपांग र लैंगिक हिंसाका कारण, प्रकार र प्रभावका बारेमा सचेतना अभिवृद्धि गर्ने बारेमा बाेल्नुभएकाे थियो । कार्यक्रममा खेलकुद सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme