वागमती सरकारमा विश्वासकाे मतका लागि अर्काे बैठक कात्तिक ४ गते

17

मकवानपुर, २४ असाेज ।

आज आइतवार बसेको वाग्मती प्रदेश सभाको नवौँ अधिवेशनको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुभएको छ । प्रस्ताव पेस गर्दै उहाँले आफूले प्रतिनिधित्व गर्ने दल नेकपा एमाले विभाजन भएकाले संविधानको धारा ८८ को उपधारा २ बमोजिम विश्वासको मतको लागि प्रस्ताव पेस गरेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री शाक्यले भन्नुभयो, ‘माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले नेपालको संविधानको धारा ८८ को उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने यस दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासका मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्नेछ भन्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेस भए पनि त्यसमाथि सभाको त्याे बैठकमा कुनै छलफल भने भएन । वाग्मती प्रदेश सभाको अर्को बैठक आउँदाे कात्तिक ४ गते बिहीवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।