9.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

लागुअाैषधबारे अाश्चर्यजनक तथ्यांक

- Advertisement -

पाँच वर्षमा तीन अर्बको लागुऔषध बरामद – नेपालमा भारतबाट आयातीत नियन्त्रित लागुऔषधको कारोबार बढ्दै गएको छ । लागुऔषध नियन्त्रण ब्युरोले बरामद गरेकोमध्ये ३३ प्रतिशत लागुऔषध भारतबाट आयातीत नियन्त्रित औषधिजन्य लागुऔषध रहेको पाइएको हो । ब्युरोको तथ्यांकअनुसार पाँच वर्षयता देशभर ३ अर्ब १६ करोड ८ लाख ९१ हजार दुई सयबराबरको लागुऔषध बरामद भएको छ ।

त्यसमध्ये नियन्त्रित औषधिजन्य लागुऔषध मात्रै १ अर्ब ९ करोड १४ लाख ७१ हजार २ सय रुपैयाँबराबरको बरामद भएको छ । यो संख्या बरामद भएका औषधको ३३ प्रतिशत हो । त्यही अवधिमा हिरोइन, कोकिन, चरेस र गाँजाजन्य लागुऔषध २ अर्ब ६ करोड ९४ लाख २० हजार रुपैयाँबराबरको बरामद भएको छ ।

ब्युरोका डिएसपी प्रेमबहादुर शाही नियन्त्रित लागुऔषध भारतीय बजारमा सजिलै पाइने र नाफा पनि धेरै हुने भएकाले कारोबारीको ध्यान यसतर्फ गएको बताउँछन् । उनले भने, ‘भारतमा एक सेट लागुऔषध २ सयदेखि ३ सय रुपैयाँमा सजिलै किन्न पाइन्छ । त्यही औषधि नेपाली बजारमा प्रतिसेट १२ सय रुपैयाँमा सजिलै बिक्छ । त्यसकारण पनि भारतीय लागुऔषध कारोबारी यस धन्दामा संलग्न भएको देखिन्छ ।’

भारतीय नागरिकको संलग्नता धेरै
भारतीय लागुऔषध कारोबारीले नेपाललाई लागुऔषध करोबारको ‘हब’ बनाएका छन् । लागुऔषध कारोबारमा पक्राउ पर्नेमध्ये अधिकांश भारतीय नागरिक रहेको भेटिएका हुन् । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार भारतीय लागुऔषध कारोबारीको मुख्य बजार काठमाडौं उपत्यका हो । त्यसपछि अर्को सुनसरीको धरान । कास्कीको पोखरालाई पनि लागुऔषध करोबारको नयाँ केन्द्रका रूपमा विकास गर्ने प्रयत्नमा उनीहरू जुटेको खुलेको छ ।

ब्युरो प्रमखु डिआइजी ठुले राईले लागुऔषध करोबारमा अधिकांश भारतीय नागरिक पक्राउ पर्नुले नेपाल उनीहरूका लागि लागुऔषध करोबार गर्ने उपयुक्त बजार रहेको पुष्टि हुने बताए । उनले भने, ‘लागुऔषध कारोबारमा पक्राउ पर्नेमध्ये अधिकांश भारतीय नागरिक छन् । लागुऔषध बेच्ने उपयुक्त मार्केटका रूपमा नेपाललाई विकास गर्न लागेको यी घटनाले पुष्टि गर्छ । यसतर्फ प्रहरी सचेत छ ।’

ब्युरोको तथ्यांकअनुसार पाँच वर्षयता लागुऔषध करोबारमा सात सय १० विदेशी नागरिक पक्राउ परेका छन् । त्यसमध्ये ६ सय २० करोबारी भारतीय नागरिक हुन् । बाँकी ९० मात्रै पाकिस्तान, चीन, मलेसिया, सोमालिया, बोलिभिया, पोल्यान्ड, टर्की, रसियालगायत ३३ मुलुकका छन् । डिआइजी राईले भने, ‘खुला सीमा र खुकुलो नाकाका कारण भारतीय लागुऔषध कारोबारी नेपालका बजारमा सजिलै प्रवेश गर्छन् । भारतीय सवारीसाधन विनाजाँच सजिलै नेपाल प्रवेश गर्नुले पनि भारतीय लागुऔषध करोबारीलाई सजिलो बनाएको छ । यसो हुँदा उनीहरूको संख्या बढेको हुन सक्छ ।’

ब्युरोका अनुसार भारतीय लागुऔषध कारोबारी प्राकृतिक लागुऔषधभन्दा पनि मानव निर्मित लागुऔषधमा बढी संलग्न रहेका छन् । विशेषगरी उनीहरू औषधिजन्य नियन्त्रित लागुऔषधको कारोबारमा बढी संलग्न देखिन्छन् ।

कम छैनन् नेपाली पनि
ब्युरोका अनुसार लागुऔषध करोबारमा सबैभन्दा धेरै नेपालीको संलग्नता रहेको पाइएको छ । पाँच वर्षयता १५ हजार ५ सय ४९ लागुऔषधका कारोबारी पक्राउ परेका छन् । त्यसमध्ये १४ हजार ८ सय ३९ कारोबारी नेपाली छन् ।

को–कति पक्राउ ?

सन् २०१३

नेपालीः २५२७

भारतीयः १२९

विदेशीः १७

सन् २०१४

नेपालीः २७६६

भारतीयः १३३

विदेशीः १९

सन् २०१५

नेपालीः २५३२

भारतीयः १११

विदेशी–१३

सन् २०१६

नेपालीः ३५५७

भारतीयः ११३

विदेशीः २७

सन् २०१७

नेपालीः ३६६९

भारतीयः १३४

विदेशीः १४

 नयांपत्रिका
spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme