काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई विजयादशमी २०८२ का अवसरमा शुभकामना व्यक्त गरेका छन्।
हिन्दु धर्मावलम्बीहरूको महान् चाड विजयादशमीको अवसरमा राष्ट्रपति पौडेलले देश तथा विदेशमा रहेका नेपालीहरूलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभेच्छा व्यक्त गरेका हुन्।
उनले भनेका छन्, “सत्य, धर्म र न्यायको विजयको प्रतीक यस चाडमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशीर्वाद मान्यजनहरूबाट ग्रहण गरिन्छ। यस अवसरमा म समग्र राष्ट्रमा मेलमिलाप, सद्भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दछु।”
राष्ट्रपतिले विजया दशमी २०८२ ले विश्वव्यापी शान्ति र मानव जातिको कल्याण गर्ने विश्वास व्यक्त गरेका छन्।















