पश्चिम नवलपरासीमा म्यादी प्रहरी भर्ना

69

आगामी मंसीर ४ गते सम्पन्न हुन गैरहेको आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्नको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) बाट म्यादी प्रहरीमा भर्ना हुन चाहानेहरुको लागि दरखास्त फर्म बितरण गरिएकोमा आज छैठौ दिन पनि उक्त फर्महरुको दर्ता प्रकृया सुचारु रहेको छ ।

मिति असाेज ५ गते सम्ममा जम्मा ४ हजार १ सय ८७ जनाले म्यादी प्रहरीको लागि दरखास्त फर्म भरेका छन । जस मध्ये पुरुष ३ हजार ३ सय र महिला ८ सय ८७ जना रहेका छन् । दरखास्त फर्म भरेका पुरुष मध्ये ८ सय ८ जना पुर्व म्यादी प्रहरी रहेका छन् भने २ सय १४ जना पुर्व महिला म्यादी प्रहरी रहेका छन् । त्यसै गरि २९ जना बिभिन्न सुरक्षा निकायहरुबाट सेवा निबृत पुर्व सुरक्षाकर्मीहरु रहेका छन् । फर्म दर्ता गर्ने कार्य असाेज ६ गते सम्म हुनेछ ।