नेपाली लेखक संघको तदर्थ समिती गठन

235

पप्पु रेग्मी, २८ फागुन २०७८ ।

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा नेपाली लेखक संघको जिल्ला भेला शनिवार सम्पन्न भएको छ ।

नेपाली लेखक संघका लुम्बिनी प्रदेश सचिव वरिष्ठ साहित्यकार बनमाली निराकारले सहजिकरण गरेको भेलाले डा. श्याम प्रसाद न्यौपाने अध्यक्ष्यतामा ११ सदस्यीय तदर्थ जिल्ला कार्य समितिको चयन गरेको छ ।

जस्को उपाध्यक्षमा पबित्रा पौडेल, सचिव अर्जुन प्रसाद पान्डे, कोषाध्यक्ष रविन शर्मा चापागाई रहेका छन् भने सदस्यहरुमा क्रमशः गणपती भट्टराइ, तिलक भट्टराई, शोभा बस्याल, रामहरी अधिकारी, कृष्ण पौडेल, नैना देवी वस्याल यादव रहेका छन ।