पश्चिम नवलपपरासी । बर्दघाट स्थित नशा डान्स बार एण्ड रेष्टुरेन्टमा साेमवार भएको झगडामा एक जनाको ज्यान गएको छ ।
बर्दघाट नगरपालिका वडा नं.१३ मा रहेको नशा डान्स बार एण्ड रेष्टुरेन्टमा २०८१ माघ २८ गते राती ११ः५० मा भएको झगडामा प्रतापपुर गाँऊपालिका वडा नं. ९, खैरनी बस्ने बर्ष ४५ का सन्त बहादुर चौधरीको ज्यान गएको हो ।
राती झगडा भई घाईते भएका चौधरीको बुटवलमा उपचारका क्रममा २०८१ माघ ३० गते ४ः५० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी तथा सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
डान्स बारमा फोटो तथा भिडियो खिचेको निहुंमा भएको विवादमा झगडा हुदाँ घाईते प्रतापपुर गाँऊपालिका वडा नं ९ का सन्त बहादुर चौधरी, मिन्टु चौधरी र सरोज चौधरी घाईते भएका थिए ।
घटना भएको जानकारी पश्चात प्रहरीले डान्सबार सञ्चालक प्रतापपुर ४ का राकेश हरिजन, प्रतापपुर गाऊँपालिका वडा नं.९ का ३१ बर्षिय अमित चौधरी र प्रतापपुर गाँऊपालिका वडा नं. ९ का ३५ बर्षिय सरोज चौधरीलाई पक्राऊ गरि अदालतबाट थप ७ दिनको म्याद थपगरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी बोहराले जानकारी दिए ।















