13.9 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

काठमाडौंबाट ४ जना पक्राउ, २ करोड बराबरको सुन, हिरा तथा पत्थरको गहना बरामद

- Advertisement -

काठमाडौं महानगरपालिका–२२ स्थित प्युखा कृष्णचोकमा सञ्चालित ‘मुन्ना जेम एण्ड ज्वेलर्स’बाट करिब दुई करोड एक लाख रूपैयाँभन्दा बढी मूल्यका सुन, हिरा र बहुमूल्य पत्थरका गहना बरामद गरिएको छ।

भारतको कलकत्ता घर भएका ४३ वर्षीय हाविबोर सेखले सञ्चालन गरेको उक्त पसलमा बिल भरपाई नदेखाइ गरगहना बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरीले चार जनालाई पक्राउ समेत गरेको छ

सोमबार साँझ ६:३० बजे काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त जनसेवाबाट खटिएको संयुक्त टोलीले पसल सञ्चालक सेखसहित चार जनालाई नियन्त्रणमा लिएको हो। उनीहरू सबै भारत, कोलकाताका बासिन्दा हुन्। 

पक्राउ पर्ने अन्यमा ३९ वर्षीय सुरोजित दास, ४० वर्षीय तमोल साद्रा र १६ वर्षीय सामुहिम सेख रहेका छन्।

पसलबाट विभिन्न किसिमका गरगहना, सुनका टुक्रा, हीराका टुक्रा, चेकबुक, बैंक भौचर, खरिद बिल, बिल तथा नोटबुकसहित आईफोन १५ प्रोम्याक्स मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । 

बरामद गहनाबरामद गहना

बरामद गहनाहरूको तौल सयौं ग्राममा पुगेको छ, जसमा नेक्लेस, रिङ, टप, लकेट, बाला, चुरा, नाकफुली, ब्रासलेट लगायतका बहुमूल्य सामग्री छन् । बरामद गरगहनाको अनुमानित मूल्य दुई करोड एक लाख ७८ हजार ३६० रूपैयाँ रहेको प्रहरीले जनाएको छ । 

प्रहरीले नियन्त्रणमा लिएका सबै व्यक्तिलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme