कांग्रेस गण्डकीमा शुक्रराज विजयी

88

१९ मंसिर, पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलका शुक्रराज शर्मा निर्वाचित भएका छन् । हालै आएको मत परिणामअनुसार संस्थापन समूहका उपसभापतिबाहेक पौडेल समूहको प्यानल नै विजयी भएको छ ।

संस्थापनका पर्वतका अर्जुन जोशीलाई पराजित गर्दै कास्कीका पाका नेता शर्माले गण्डकी प्रदेशको पहिलो कांग्रेस सभापतिमा नाम लेखाउन सफल भएका छन् । संस्थापनका जोशीले ५ सय २८ मत ल्याउँदा शर्माले ६ सय १२ मत ल्याउँदै विजयी भएका हुन् ।

१ हजार १६५ प्रतिनिधिमध्ये १ हजार १४६ मत खसेको थियो । शर्मा र जोशीबीच सुरुदेखि नै निकै झिनो मतान्तर देखिएको थियो । मतगणना अन्तिमतिर शर्माको मतान्तर बढ्दै गएको थियो ।