जिल्ला प्रहरी कार्यालय गुल्मीले ठूलो परिणाममा बिस्फोटक पर्दाथ बरामद गरेको छ । रेसुङ्गा नगरपालिका ८ का तारा श्रीसको साथबाट बिस्फोटक पदार्थ बरामद गरिएको हाे । स्थानीय तह निर्वाचनमा उनी रेसुङ्गा नगरपालिका वडा न – ८ मा कांग्रेसका तर्फबाट वडा सदस्यामा निर्वाचित भएको प्रहरीले जनाएको छ ।

श्रीसको साथबाट ३३ थान एक्सपोलसिभ डेटोनेटर, चार थान सुतती बम, एक किलोग्राम बारुद र सेफ्टिफ्युज लगायतका अबैध बिस्फोटक पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिए ।

श्रीस लु ३२ प ६६०३ नम्बरको मोटरसाइकलमा सवार थिए । प्रहरीले रेसुंगा नगरपालिका २ को प्रहरी चेकप्वाइन्टमा चेकजाँज गरेको थियो । उक्त चेकजाँचका क्रममा विस्फोटक पदार्थ फेला परेको प्रहरीको भनाई छ । बिस्फोटक पदार्थ सहित श्रीसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप विवरण अनुसन्धान पछि खुल्ने प्रहरीले जनाएको छ । नयां पत्रिका