वीरगंज, १७ फागुन ।
पर्सा जिल्लाको ग्रामिण क्षेत्रमा रहेको पकाहामैनपुरको धोरे नाकाबाट खुल्लेयाम रुपमा लत्ताकपडा, हाडयेवर, रंगा, भैंसी, किराना सामग्री, पेट्रोलियम पदार्थ लगायतका सामग्रीहरुको निर्वाध रुपमा तस्करी भईरहेको छ ।
सशस्त्र प्रहरी बल पकाहामैनपुरको धोरे नाकाबाट प्रहरीहरुकै सामुनेबाट खुल्लेयाम तस्करीहरु भईरहेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् । सशस्त्र प्रहरी बल पकाहामैनपुरका ईन्चार्ज चुनचुन सिंहले तस्करहरुसँग महिनवारी लिएकै कारण निर्वाध रुपमा तस्करी भईरहेको स्थानियहरुले गुनासो गरेका छन् ।
सशस्त्र प्रहरी बल पकाहामैनपुरका ईन्चार्जले महिनाको १ लाख देखि ५ लाखसम्म तस्करहरुबाट महिनावारी असुल्ने गरेको स्रोतको दाबी छ । रातीको करिब १० बजे देखि बिहान ४ बजे सम्म सो क्षेत्रबाट निर्वाध रुपमा तस्करीमा नेपालबाट अबैध मदिरा, डिजेल, पेट्रोल र भारतबाट लत्ताकपडा, हाडयेवर, रंग, भैंसी, किराना सामग्री लगायतका तस्करी भईरहेको समाचार छ ।
प्रहरी नायब निरिक्षक सिंहले सशस्त्र प्रहरी संगठनमा राम्रो पकड भएकै कारण तस्करी गराईरहेको उनले नै हवाला पनि दिदै आएका छन् । सो सम्बन्धमा सशस्त्र प्रहरी ईन्चार्ज सिंहसंग सम्पर्क गर्दा उनले आफ्नो क्षेत्रबाट कुनै पनि सामानको तस्करी नभईरहेको दाबी गरे ।





