राजन कुमार बानिया
पर्सा २९ माघ
आर एम केडिया आँखा अस्पताल परवानीपुर र छिपहरमाई गाउँपालिकाको सहयोगमा र सभ्य सामुदायिक तालिम केन्द्र पर्साको आयोजनामा आज एक दिने निशुल्क आँखा शिबिर पर्साको छिपहरमाई गाउँपालिका वडा नं २ टिहुकीमा सम्पन्न भएको छ। आँखा शिबिरमा प्रमुख अतिथी रहनु भएका गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले भने भौतिक बिकासको साथै मानव बिकासको पनि जरुरी रहेको छ। मानव जीवन रक्षामा सबै भन्दा महत पुर्ण आँखा रहेको छ । आँखा भएको बेला अाफ्नो छोरा छोरी हरु चिन्न छोडिरहेको छ, आँखा नभए को बेला कोले चिन्न त्यसै कारण छोराको भुमिका खेलेर जेस्टनागरिक हरुको आँखा चेकजाँच गराई मोतियाबिन्दु रोगी हरुको सल्यक्रिया गराने बताए। अाँखा शिबिरमा मोतियाबिन्दु भएका लाई आफ्नो सवारीमा बसाएर लगी अप्रेसन गराई घर समम पुर्याउने र खाना बस्ने ब्यवस्थापन गरिने अध्यक्ष गुप्ताले बताए । स्वास्थ्य केन्द्र टिहुकी सेढामा आयोजना गरिएको निशुल्क आँखा शिविरमा ४ सय ३५ जनाले आँखा चेकजाँच गराएका थिए।
जस मध्ये २ सय ४ जनामा मोतियाबिंदु फेला परेको आयोजक संस्थाकाले जनाएको हो । शिबिरमा निःशुल्क औषधी समेत वितरण गरिएको थियोे । निशुल्क आँखा शिबिरमा मोतियाबिंदु फेला परेकाहरुलाई निःशुल्क सल्यक्रिया समेत गरिने आयोजक संस्थाले जनाएका छन।
निशुल्क आँखा शिबिर छिपहरमाई गाउँपालिका वडा नं २ टिहुकीका वडा अध्यक्ष महेन्द्र प्रसाद कलवारको अध्यक्षतामा समपन्न भएको थियो। निशुल्क आँखा शिबिरमा केडिया आँखा अस्पतालका चिक्तिसक ,रासदेव साह, संतोष साह,राजेश अधिकारी,चनरमन पटेल लगायतले आँखाका चेकजाँच गरेको थियो।अाँखा शिबिर मा वडा स्दसय बासुदेव साह,
, अमोद कुमार केवट ,पत्रकार लालबाबु बानिया, लगायतको सहभागिता रहेको थियो।















