13.9 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

गेरमामा नि:शुल्क आँखा शिविर सम्पन्न

- Advertisement -

 

रंजीत शर्मा

नवलपरासी,३०पुस पश्चिम नवलपरासीको पाल्हिनदन गाउँपालिका वार्ड नं ५ गेरमा स्थित श्री शिव पार्वती प्राथामिक विद्यालयको प्राङ्गणमा निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ।

स्थानीय बासिन्दालाई गाउँमै उपचार सेवा दिने उद्देश्यले श्री गौतम बुद्ध यूवा क्लव पाल्हिनन्दन-५ गेरमाको स्थानीय आयोजना तथा डाक्टर विनोद निता कंडेल आँखा अस्पतालले आयोजना गरेको आँखा शिविरमा ४ सय १० जनाले सेवा लिएको हो।

डाक्टर विनोद निता कंडेल आँखा अस्पताल परासीको आयोजना तथा डाक फाउण्डेशन पार्टनर फार एक्विटीको आर्थिक सहयोगमा आँखा शिविर आयोजना गरिएको हो ।
स्थानीयवासीको समस्यालाई ध्यानमा राखेर आँखा शिविर गर्ने निर्णय लियौँ,४ सय १० जनाले निःशुल्क उपचार सेवा लिए स्थानीय आयोजक संस्थाका सदस्य शिव कुमार रौनियारले भने,”उपचार सेवा लिने महिला पुरष गरी ४ सय १० जना हो आगामी दिनमा थप सेवा दिने संस्था तयार रहेकाे बताए।”

शिविरमा उपचार गराएका मध्ये २०० जनालाई आँखाको मोतियाविन्दु र मासु पलाएको भेटिएकाले थप उपचारका लागि निःशुल्क शल्यक्रिया गर्न डाक्टर विनोद निता कंडेल आँखा अस्पताल परासी लगिने छ ।

कार्यक्रम स्थानीय आयोजक श्री गौतम बुद्ध यूवा क्लवका अध्यक्षको अध्यक्षता तथा डाक्टर विनोद निता कंडेल आँखा अस्पताल परासीका सल्लाहकार समेत रहेका प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलको प्रमुख अतिथिकतमा सम्पन भएको हो।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवाल,विशेष अतिथिको रुपमा पाल्हिनन्दन गाउँपालिका वार्ड नं ५ का वार्ड अध्यक्ष ओम प्रकाश गुप्ता,वार्ड सदस्य अकबाल देवान,नेपाली कांग्रेस पाल्हिनन्दन गाउँपालिका समितिका उप-सभापति शिव कुमार रौनियार,नेपाली कांग्रेसका युवा नेता ब्रमा लोहार, नेता प्रेम सागर कुर्मी,डाक्टर विनोद निता कंडेल आँखा अस्पताल परासीका डाक्टर लगायतको उपस्थिति रहेको थियो।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme