नवलपरासी, १० कार्तिक ।
जनमत पार्टीले केन्द्रिय निर्देशन अनुसार देशकाे विभिन्न स्थानमा विराेध प्रदर्शन गरेकाे छ । भ्रष्टाचारकाे विराेध गर्दै तेश्राे चरणकाे कार्यक्रम सफल भएकाे नवलपरासीका पार्टी संयाेजक बाल गाेविन्द चाैधरीले बताए ।
यस कार्यक्रममा गाउटाेलमा पार्टीका कार्यकर्ताले सांझ मसाल जुलुस निकालेका छन् । विराेधका नारा समेत लगाएकाे बताइएकाे छ । भ्रष्टाचारवाद मुर्दावाद, भ्रष्टाचारीलाइ जेल दे, हाम्रा कार्यकर्तालाइ बेल दे, नेताराज मुर्दावाद, हाम्राे माग पुरा गर लगायतका नारा लगाएका थिए ।
नवलपरासीकाे सुस्ता गाउँपालिका, प्रतापपुर, सरावल, पाल्हीनन्दन र रामग्रामका विभिन्न स्थानमा जनमत पार्टीका कार्यकर्कताहरूले मसाल जुलुस निकालेका थिए ।





