17.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

नारायणीमा बहाव कम, सुस्तावासीलाई शनिबार रातभर बाढीको खतरा नहुने — सरकारले असोज १९ र २० गते देशभर सार्वजनिक बिदा घोषणा

- Advertisement -

बृजराज कुशवाहा, असोज १८, सुस्ता (नवलपरासी पश्चिम) — पछिल्ला दिनमा देशभर भइरहेको अविरल वर्षा र मौसम विज्ञान विभागले जारी गरेको चेतावनीबीच पनि नारायणी नदीमा शनिबार रातभर ठूलो जोखिम नहुने बताइएको छ। बाढी सम्बन्धी विज्ञहरूका अनुसार, हाल नारायणी नदीमा पानीको बहाव सामान्य रहँदा सुस्तावासी शनिबार रातभर निश्चिन्त रहन सक्ने छन्।

जानकारहरूका भनाइअनुसार, देवघाट क्षेत्रभन्दा माथिल्लो भागमा देखिएको पानीको उच्च चाप सुस्ता पुग्न १० देखि १२ घण्टा समय लाग्ने भएकाले तत्कालका लागि कुनै जोखिम छैन। तर, पानी बढ्न थालेपछि सुस्ता क्षेत्रमा डुबान र तटीय कटानको सम्भावना रहने चेतावनी पनि दिइएको छ। त्रिवेणी व्यारेजमा गरिएकाे पानीकाे बहाव मापनमा समाचार लेख्दासम्म ५७८०० क्यसेक पानीकाे बहाव रहेकाे छ । पानीकाे याे बहाव १ लाख क्युसेक नाघेपछि मात्र सुस्तालाइ जाेखिम हुने अवस्था सिर्जना हुन सक्छ ।

गत असोजको पहिलो सातामा आएको बाढीका कारण सुस्ता क्षेत्रमा कटान सुरु भएपछि स्थानीयवासीहरूले स्वयं तटबन्धको मर्मत गरेर गाउँलाई जोगाएका थिए। तर, अहिले सुस्ताको जोखिम झन् बढेको स्थानीयवासीहरूको भनाइ छ। सुस्ता गाउँपालिकाले नदीजन्य पदार्थ निकासीका लागि दिएको ठेक्काअनुसार मिस्कट उत्खनन गरिँदा नारायणी नदीको धार परिवर्तन भई अब सो धारले सिधै सुस्ता गाउँलाई निशानामा लिएको छ।

मौसम पूर्वानुमान विभागका अनुसार, असोज १८ देखि २० गतेसम्म देशका धेरै भागमा भारी वर्षा हुने सम्भावना छ। यस अवधिमा देशका सबैजसो नदीहरूमा बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ। यस्तो सम्भावित जोखिमका कारण नेपाल सरकारले देशका सबै प्रदेशका सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ।

तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्ने तयारी थालिएको छ। यसैबीच, प्रतिकूल मौसम र देशभरको असहज अवस्थालाई मध्यनजर गर्दै सरकारले असोज १९ र २० गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ।

सरकारले नागरिकलाई अनावश्यक जोखिम नलिन, वर्षाको बेलामा नदी, खोलानाला र कटान सम्भावित क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme