नवलपरासी पश्चिम । मदरसा प्रवर्द्धन सामाजिक केन्द्र नवलपरासीले एक समाराेहका बीच संस्थाकाे विधिवत उद्घाटन समाराेह सम्पन्न गरेकाे छ ।
जिल्लामा रहेका मदरसाहरूलाइ नेपाल सरकारकाे शिक्षाकाे मूलधारमा लैजाने र तिनलाइ संस्थागत स्कारमा अगाडि बढाउने प्रयाेजनाका साथ गठन भएकाे यस संस्थाले एक कार्यक्रमकाे अायाेजना गरी जिल्ला भरीका मदसाहरूलाइ सचेत गराएकाे हाे ।
केन्द्रका अध्यक्ष हैदर अली माेमिनले समाराेहमा बाेल्दै भने, देशमा मुस्लिमको जनसंख्या ५.९ प्रतिशत भए ता पनि आर्थिक, सामाजिक, शैक्षिक रुपमा पछाडी पारिएको समुदाय हो। यसको उन्तीका लागि सबै भन्दा महत्वपूर्ण पाटो शिक्षा नै हो। शिक्षा न भई आर्थिक, सामाजिक तथा कुनै पनि किसिमको विकास गर्न असम्भव हुन्छ ।
सम्भवतः यसै कुरालाई मध्यनजर राख्दै हाम्रा इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सलल्लहो अल्लहे ओस्लम आज भन्दा १४५० वर्ष अगाडी शिक्षालाई अनिवार्य अर्थात फर्ज घोषणा गर्नु भएको साथै इतिहास र यथार्थ हाम्रो अगाडी विद्यमान छ। तर पनि हामी शिक्षामा पछाडी परेका छौं। यो पछौटेपनबाट पार पाएर अगाडी बढ्ने र पछाडी परेका अन्य समुदायलाई पनि शिक्षा लगायत सामाजिक क्षेत्रमा पनि अगाडी बढाउने पवित्र उद्देश्य लिएर यो संस्थाको जन्म भएको कुरा यहाँहरुलाई अवगत गराउन चाहन्छ, भनेका छन् ।

अगाडि उनले भने, हामी मुस्लिम समुदायका व्यक्ति र संस्थाहरु अनिवार्य आर्थिक दान (चन्दा, जकात, उस, फितरा र मुठीदान) लाई धार्मिक रुपमा प्रमुख स्थानमा राखेका छौं। यसै भरमा हामीले व्यक्ति संस्था र समुदायलाई सहयोग गर्दै आइरहका छौं। इस्लाम धर्मले शिक्षालाई अनिवार्य गरेको छ, सहयोगी हातहरुले सहयोग गर्दै आई रहेका छन् र पनि यो समुदाय शिक्षामा पछाडी पर्नु भनेको सोचनीय र चिन्ताको विषय बन्नु स्वाभाविकै हो। यसै कुरालाई विचार केही समाज सेवी, बुद्धिजीवीहरुको सल्लाह अनुसार निम्न उद्देश्य राखेर यो मदरसा प्रवर्द्धन सामाजिक केन्द्र संस्था स्थापना गरिएको छ । यसका उद्देश्यहरु छोटकरीमा म यहां उपस्थित प्रमुख अतिथि नगायत सम्पूर्ण पाहुना ज्यूहरु, आदरणीय व्यक्तित्व, यहाँ उपस्थित सम्पूर्ण जन समुदाय तथा विद्यार्थी, शिक्षक वर्ग (मौलवी, मौलाना) हरुमा हार्दिक जानकारी गराउन चाहन्छु भने ।
उनका अनुसार संस्थाका उद्देश्यहरु समेत निर्धारण गरि सकिएकाे छ । ति निम्नानुसार छन्
क यो संस्था मुनाफा रहित जनहितकारी सामाजिक सेवामूलक संस्था हुनेछ ।
खः मुस्लिम समुदायहरुलाई गुणस्तरीय शिक्षा, भौतिक संरचना निर्माण, दक्ष जनशक्ति तथा स्रोत र साधन उपलब्धता तथा व्यवस्थापनको लागि तिन तहकै सरकार संग सहयोग र समन्वयको लागि पहल गर्ने
ग. मुस्लिम समुदाय तथा समाजमा रहेका सम्पूर्ण ज्येष्ठ नागारिक, गरिब, विपन्न, अनाथ, विधवा, असहाय तथा वेरोजगार वर्गलाई आर्थिक तथा सामाजिक रुपमा सशक्तिकरण सहयोग गर्ने ।
घ. मुस्लिम महिलाहरुलाई शिक्षा, स्वास्थ्य, रोजगार तथा नेतृत्वकारी भुमिका निर्वाह गर्न क्षमता अभिवृद्धि गरि विकासको मुलधारमा सहभागी गराउनका लागि समन्वय र सहयोग गर्ने ।
ड. समाजमा रहेका विसंगती, विक्ति (दाइजो, महिला हिंसा, बालश्रम, बाल विवाह, छुवाछुत, सामाजिक भेदभाव आदि) को न्यूनिकरणको लागि कार्यक्रमहरु सञ्चालन गर्न गराउनमा सहयोग र समन्वय गर्ने च. मदरसा परिसर सामुदायिक विद्यालय तथा सार्वजनिक ठाउँहरुमा वृक्षारोपण गर्नमा सहयोग गर्ने ।
छ. सामाजिक रुपमा मनाइने जलसा र चाड पर्वहरुमा आपसि सदभाव तथा धार्मिक सहिष्णुता कायम राख्दै चाड पर्वहरु मनाउन सामाजिक कार्यमा सम्बन्धित सरोकारवाला सगं सहयोग र समन्वय गर्ने ।

यो संस्था शुद्ध समाजसेवी र गैरनाफा मुलक सस्था हो। यो संस्थाले विना आग्रह पुर्वा ग्रह, जात, धर्म समुदाय नहेरी समाजमा पछाडी परेकाहरुलाई सहयोग गर्ने संस्था भएकोले यसलाई सहयोग गर्न उपस्थित सबै महानुभावमा हार्दिक अनुरोध गर्दै । साथै मस्जिद, काव्रस्तिान, ईदगाह, दरगाहाहरुलाई वैधानिकताको लागि विशेष पहल तथा संस्थाहरुलाई दर्ताको लागि आवश्यक सहयोग तथा अन्य कार्यहरुमा विशेष पहल गर्ने प्रतिबध्यता गर्न चाहन्छौ, उनले भने ।
कार्यक्रममा प्रमुख अतिथि रहनुभएका मुस्लिम आयोगका माननिय अध्यक्ष श्री मोहम्मद दिन मिया, विशिष्ट अतिथिः- धर्म गुरु हजरत ओस्ताजुल ओल्मा हजरत अल्लामा व मौलाना अलहाज सुफी मोहम्द सिदिक अहमद खान साहब किब्ला, विशिष्ट अतिथिः- श्रीमती साजीदा सिद्धिकी (मानव अधिकार कमी शिक्षा विद) NGO फेडेरेसन दाङ की सल्लाहकार तथा सिसा नेपाल की केन्द्रिय अध्यक्ष लगायतकाले शुभकामना मन्तव्य दिएका थिए ।
















