16.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

बोडरबाट सानोसामान ल्याउँदा भन्सारमा लाग्ने नीति गलत छ, सच्याउन पहल गर्छु आरजु राणा

- Advertisement -

धनकौल । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा आरजु राणा देउवाले सय रूपैयाँभन्दा बढीको घरायसी सामानमा पनि भन्सार लिने सरकारकोनीति अव्यवहारिक र अपरिपक्व रहेकोबताएकी छन् ।

कांग्रेस सर्लाही क्षेत्र नम्बर चारको धनकौलमा आयोजित क्षेत्रीय सम्मेलनमा जनप्रतिनिधिले घरायसी काममा प्रयोग गर्न ल्याइएको सानो समानमा पनि भन्सार लिँदा समस्या भएको गुनासो गरेपछि नेतृ राणाले अपरिपक्व नीति संशोधन गर्न पहल गरिरहेको जानकारी गराइन् ।

क्षेत्रीय सम्मेलनमा कांग्रेस जिल्ला सभापति सुरेन्द्र सिंह, प्रदेश उपसभापति वीरेन्द्र सिंहलगायतले भन्सार लिँदा जनता मारमा परेको गुनासो सुनाएका थिए । ञवीरेन्द्र सिंह र सुरेन्द्र सिंहले राम्रो काम गर्नुभएको छ । उहाँहरूले उठाएको कुरामा पहल गरिसकेकी छु । बोर्डरबाट सानो सामान ल्याउन नदिने कुरा अव्यवहारिक र अपरिपक्व छ । सर्वसाधारण जनतालाई किन दुख दिने रु मैले पहल गरिरहेको छ, चाडै सम्बोधन होला । यो नीतिका लागि माफी चाहन्छु । सानो सामान ल्याउँदा रोक्न् र दुर्ववहार हुनुहुँदैन । म पहल गर्छु,झ उनले भनिन् ।

नेतृ राणाले जनसंख्याका आधारमा बजेट मधेशले पाउनुपर्ने बताइन् । तर अहिले कम भएको पाएको भन्दै यसमा पनि पहल गर्ने बताइन् ।

वर्तमान प्रदेश सरकारले राम्रो ठूलो सरकारी अस्पताल बनाउने जमर्को गरेको भन्दै प्रशंसा गरिन् । मधेशका लागि मेरो जस्तोसुकै पहल रहने उनको भनाइ थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme