मितेरीकाे अायव्यय एक कराेड बढी


संजय कुशवाहा नवलपरासी / कार्तिक २५ ।

मितेरी कृषि सहकारी संस्था नवलपरासीको तेस्रो वार्षिक साधारण सभा गुठी सुर्यपुरामा सम्पन्न भएको छ । नवलपरासीको प्रतापपुर गाऊँपालिका वडा नं.७ गुठी सुर्यपुरामा अायाेजित संस्थाको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन अध्यक्ष सुरेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

कार्यक्रममा ०७३/०७४ सालको कुल आय ब्यय १ करोड २३ लाख ८३ हजार ६७१ रुपयाँ प्रस्तुत गरिएको थियो । सो सहकारी संस्थाको कुल शेयर सदस्य ४६४ रहेको संस्थाको व्यवस्थापक कृण्णमोहन गुप्ताले जानकारी दिनु भयो l

कार्यक्रममा प्रतापपुर गाउपालीका प्रमुख राज कुमार शर्माकाे प्रमुख अथित्यता रहेको थियाे । कार्यक्रमा सोही गाऊँपालिका वडा नं. ८ का वडाध्यक्ष कादिर अली अन्सारी, वडा न.५ का वाडा अध्यक्ष त्रिभुवन सिंह, गण्डक नदि नियन्त्रण संघर्ष समितिका सचिव दुधनाथ गुप्ता, संस्थाका कार्वाहक सचिव प्रकाश पण्डित, रामजी सिंह, खेम नारायण चौधरी, राजेन्द्र प्रकाश चौधरी, लगायतहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here