Advertisement

राजन कुमार बानिया, पर्सा २८ फागुन

जनता समाजवादी पार्टी नेपाल जसपा (नेपाल) पर्सा क्षेत्र नं ३ को क्षेत्रिय कार्यकर्ता भेला तथा होली मिलन समारोह कार्यक्रम आज पर्साको पोखरियामा सम्पन्न भएको छ।

Advertisement

क्षेत्रिय कार्यकर्ता भेला तथा होलीमिलन समारोह सांसद हरिनारायण रौनियारको प्रमुख अतिथ्यतामा सो होलीमिलन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संबोधन गर्दै सांसद रौनियारले बितेको दिनमा भएको कमीकमजोरीलाई बिर्सेर ईमान्दारी पुर्वक लाग्न आग्रह समेत गरे ।

सांसद रौनियार भने म चुनाव जिते देखिनै जनताहरु र विकासको काम निरंतर लागि परेको छु । आफ्ना क्षेत्रका जनताहरुको सुखदुखमा साथैरहेको छु। केही दिन यता निलम्बनमा परेर पनि जनताहरुको सुखदुखमा रहेर भौतिक विकास समेत गर्दै आएको दाबी गरे। सांसद रौनियारले वैषाख ३० गते हुन गईरहेको स्थानिय चुनावमा जसपा नेपालका नेता कार्यकर्ता हरुलाई गाउँगाउँमा जान आग्रह समेत गर्नुभएको थियो।

जसपा नेपालका नेता कार्यकर्ताहरुलाई चुनावमा लागेर छ वटा गाउँपालिका र नगरपालिकामा चुनाव जितन दावी गरे। सांसद रौनियारले आफ्ना नेता कार्यकर्ताहरुलाई होली मिलन समारोहमा अबिर लगाउदै भने आउने होलीको दिन विशेष टडक भडक नगरि सभ्यरुपमा होली पर्व मनाउन आग्रह समेत गरेका थिए। क्षेत्रिय कार्यकर्ता भेला तथा होली मिलन समारोह क्षेत्रिय अध्यक्ष नागेन्द्र यादवको अध्यक्ष्तामा सम्पन्न भएको थियो।

कार्यक्रममा जसपा नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएका विजय चौरसिया, श्रीलाल साह मोदी, प्रदिप जयसवाल, जसपा नेपालका प्रदेश सदस्य दिपक यादव , किसान संघका शिवकुमार साह, क्षेत्र नं ४ ख का बिधायक उमेदवार गौरीशंकर प्रसाद साह, पोखरिया नगरपालिकाको उपमेयर सलमा खातुन, युवा नेता राजु साह, सिंगासन साह, पानालाल साह लगायत सयौंको संख्यामा सहभागिता रहेको थियो।

Advertisement