३ करोड पटक हेरिने पहिलो नेपाली गीत बन्यो ‘कुटुमा कुटु’

89
बिज्ञापन

संभवत, अब केही समय चलचित्र ‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ बोलको गीतले युटुबमा राखेको रेकर्ड अर्को नेपाली गीतले तोड्न सक्नेछैन । कारण, यो चलचित्रले युटुबमा सर्वाधिक धेरै पटक हेरिने नेपाली गीतको रेकर्ड मात्र राखेको छैन, ३ करोड पटक हेरिने पहिलो गीतको रेकर्ड पनि बनाएको छ ।

अहिले कुनै पनि प्रकारका गीतसंगीतको सफलताको मापन युटुबले गर्ने गर्दछ । यसैले पनि युटुबमा ३ करोड पटक हेरिने पहिलो नेपाली गीत बनेको छ, ‘कुटुमा कुटु ।’

Advertisement

यो गीतले अर्को सर्वाधिक हेरिएको चलचित्र ‘वडा नम्बर ६’मा समावेश ‘सुर्के थैली खै’ बोलको गीतलाई निकै पछाडि छोडेको छ । यसैले, पनि ‘सुर्के थैली खै’ले यो गीतको अंकगणियित सफलतालाई भेट्न मुश्किल छ ।

राजनराज सिवाकोटीको स्वर, शब्द तथा संगीत रहेको यो गीत चाडपर्वदेखि हरेक समयमा हरेक नेपालीको घरमा बजेका छन् । चलचित्रको यो गीतमा गायिका अन्जु पन्तको पनि स्वर छ ।

यो गीतको भिडियोमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, आशिफ शाह, वुद्धि तामाङलाई फिचरिङ गरिएको छ । साभारः अनलाइनखबर