सवारी दुर्घटनामा दुईको ज्यान गयो

5

नवलपरासी, ३० भदौ ।

नवलपरासीमा भएको ट्रक दुर्घटनामा परेका ३ मध्ये दुई जनाको ज्यान गएको छ एक जना घाइते भएका छन् । रामग्राम नगरपालिकाको  भैरहवा–भूमही सडक खण्डमा शुक्रबार राति भैरहवाबाट काठमाडौंका लागि छुटेको ना ५ ख ७८ ९७ नम्बरको ट्रक वडा नं ३ स्थित रामखण्डा पुलबाट खोलामा खसेको हो ।

Advertisement

दुर्घटनामा परि गम्भीर घाईते ट्रक चालक २७ वर्षिय कुमार प्रजा र ट्रक धनी १९ वर्षका आशिष पौडेलको उपचारको लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

ट्रकका सहचालक १६ वर्षीय दिपेश कटुवालको पृथ्वी चन्द्र अस्पताल परासीमा उपचार भईरहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी जनाएको छ ।