शत्रुघन खरविन्द, कपिलवस्तु ।
सनशाईन सामाजिक विकास संस्थाले यही भदौ २८ गते रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । सनशाईनले आफ्नो २४ औँ बार्षिक उत्सवको अवसरमा “रक्तदान जीवन दान” भन्ने मुल नाराको साथ रक्तदान कार्यक्रम आयोजना गर्ने रक्तदान कार्यक्रमका सदस्य भगवानदास यादवले जनकारी दिनु भएको छ । रक्तदान कार्यक्रम सनशाईन सामाजिक विकास संस्थाको कार्यालय बुद्धभूमि नगरपालिका वडा नम्बर १० चेतरादेर्ईको आफ्नै कार्यालयको हलमा बिहान ७ बजे देखि हुने यादवले बताउनु भयो ।
रक्तको अभावमा कसैले अकालमै ज्यान गुमाउन नपरोस् भन्दै रक्तदान कार्यक्रम गर्न लगेको कुरा सनशाईन सामाजिक संस्थाका अध्यक्ष शिवालाल यादवले जनकारी दिनु भएको छ । “ एक थोपा रगतले कसैको ज्यान बच्न सक्छ “रक्तदान जीवन दान” हो त्यसैले सबै स्वास्थ्य व्यक्तिले कार्यक्रममा आएर आफ्नो अमूल्य रक्तदान गरि कार्यक्रमलाई सफल बनाइदिनुहुन सबै रक्तदाताहरु संग सदस्य तुलसी राम यादवले आग्रह गर्नुभएको छ । सनशाईन सामाजिक विकास संस्थाको आयोजना र नेपाल रेडक्रस सोसाईटी तौलिहवाको प्रबिधिक सहयोगमा रक्तदान कार्यक्रम हुने छ ।





