राजन कुमार, बानिया ।
पर्सा जिल्लाकाे ठोरी नाका हुदै ठूलो परिमाणमा लागु औषधि भित्रयाउदै गरेका एक युवकलाइ प्रहरीले सामान सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ठोरी गाँउपालिका वडा नम्बर २ का ३० वर्षिय रविन्द्र कुमार साह रहेका छन् । उनको साथबाट नेपालमा प्रतिबन्धित लागु औषधि कोडिवेल सिरप ४ सय ७४ बोत्तल बरामद गरिएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।
भारतिय बजार भीखना ठोरीबाट बिहीबार मध्यरातमा लागु औषधि बोरामा राखेर जङ्गलको छेउछेउ सितागुफा हुदै सुन्दरवस्ती तर्फ आउदै गरेका साहलाइ प्रहरीले रोकेर चेकजाँच गरेको थियो । त्यस क्रममा साहले बोकेको जुटको बोरा खानतलाशी गर्दा बोरा भित्र ४ सय ७४ बोत्तल लागु औषधि कोडिवेल सिरप बरामद भएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताए ।
पक्राउ परेका साहलाइ जिल्ला प्रहरी कार्यालय बिरगंज पठाएको छ ।