16.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

राप्रपाको मंचबाट कृषिमन्त्री यादवको राजीनामा माग, जनता विरोधी भए कृषि मन्त्री – ताहिरअली

- Advertisement -

काठमाण्डाैं, १४ गते पौष २०७८ ।

राप्रपाका केन्द्रिय सदस्य ताहिर अलिले कृषि मन्त्री महेन्द्र राय यादवको राजीनामा माग गरेका छन् । गण्डकी प्रदेशको नवलपुर सभालाई सम्बोधन गर्दै अलि अहिले किसान मल नपाएर मर्कामा रहेको र मन्त्री अन्यत्र ब्यस्त रहेको मुद्दा उठाउनु भयो ।

राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेन सहित विभिन्न केन्द्रिय नेताहरु उपस्थित सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य अलि अहिलेको कृषि मन्त्रीले पीडित बनेका जनतालाई मल उपलब्ध गराउन नसके पदमा बस्नुकाे कुनै औचित्य नभएको बताए ।

अलि आफ्नो समाजिक संजालमा पनि पोस्ट गर्दै कृषि मन्त्रीले नैतिकताको आधार राजीनामा दिनु उल्लेख गरेका छन । मन्त्रालयले मलको लागि बाङ्गलादेश र चीन दूतावासलाई पत्राचार समेत गरेको तर कुनै बिकल्प नभएको बताएका छन् । नेपाली जनता कृषिमा अधारित रहेकोले तत्काल मल उपलब्ध गराउने व्यवस्था हुनु पर्ने माग गरेका छ्न ।

यसैबीच कृषि मन्त्री विरुद्ध युवाहरूको मोर्चाले समेत बिरोध प्रदर्शन शुरु गरेका छ्न । चीनबाट मल नाआउने भएपछि अन्यत्र उपायमा जाने कृषि मन्त्रीको भाषणले थप बिवाद सिर्जना गरेको छ । युवाहरूले अहिले कृषकलाई मल बिऊ सहज रुपमा उपलब्ध गराउनुपर्ने, लगायतका माग राखेका छ्न ।

उक्त्त प्रदर्शनका बेला हालका कृषि मन्त्री महेन्द्र राय यादब विरुद्ध नाराबाजी गर्दै राजीनामा समेत माग गरेका थिए । चीनले रोक लगाएको मलको आयात हुन नसक्दा नेपाली जनता मारमा परेकोले मलको आपूर्तिको लागि सरकारले भारतसित समन्वय गरि मल आयात गर्नुपर्ने बताउदै आएका छ्न ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme