राजेन्द्र लिङ्देन पुगे ओलीको चुनाव क्षेत्रमा

214

नेपाली काँग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहका दिन राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको अभिव्यक्ति र त्यसको प्रत्युत्तरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको चर्चा अझै सेलाएको छैन । उद्घाटन सत्रमा लिङ्देनले ‘नेतालाई गाउँघरमा चोर भनिने’ अभिव्यक्ति दिएपछि ओलीले लिङ्देनलाई ‘बाच्छो’ को संज्ञा दिएका थिए । ओलीले भनेका थिए, ‘ भर्खर–भर्खरको बाच्छो हिँड्न जान्दैन, अलिकति कुद्छ !’

  • एमालेका ४ सय कार्यकर्ता राप्रपामा प्रवेश गरेको दाबी

लिङ्देन र ओली तिनै नेता हुन्, जसले यसअघि एकअर्काको सहयोगमा झापामा चुनाव जितेका थिए । अहिले ओलीले लिङ्देनलाई ‘बाच्छो’को संज्ञा दिएपछि अब उनीहरुको सम्बन्ध कस्तो होला र आगामी चुनावमा झापामा राप्रपा र एमालेको सहकार्य होला कि नहोला भन्ने चासो बढेको छ ।