मुलुक बचाउन सबैभन्दा महत्वपूर्ण योगदान किशानको हो – प्रधानमन्त्री देउवा

72
बिज्ञापन

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको अस्तित्व बचाइराख्न किसान वर्गको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

ज्यापु समाज ललितपुरको आज २४ औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै उनले देशको गरिमालाई उच्च बनाइराख्न आम नेपालीको योगदान अतुलनीय रहेको बताए । किसान वर्गलाई समेटेर आफ्नो पहिचानलाई सधैँ बचाउन समाजको ठूलो भूमिका रहेको प्रधानमन्त्री देउवाको भनाइे थियो ।

Advertisement

ललितपुरको कला, धर्म र संस्कृतिलाई जोगाइराख्न पाटनवासीले अतुलनीयरुपमा काम गरेकोेमा उनले प्रशंसा गरे । समाजको अगुवाइमा गरिब किसानको उत्थानका लागि गरेको कामप्रति उनले थप प्रशंसा गरे ।

सो अवसरमा समाजको भवनमा अवस्थित संग्रहालयको प्रधानमन्त्री देउवाले अवलोकन गरेका थिए ।

समाजका अध्यक्ष प्रेम महर्जनले नेवारी समुदायको हकहित र अधिकारका पक्षमा सधैँ लडिरहने बताए । परम्परादेखि नेवार समुदायले मान्दै आएको कलासंस्कृतिको संरक्षण र जगेर्ना गर्नु समाजको कर्तव्य रहेको उनको भनाइ रहेको थियो । सुर्यखबरडटकम