नवलपरासी ।
प्रतापपुर गाउंपालिकाकाे मरचहवा गाउंमा गएराती एक दम्पत्तिकाे हत्या भएकाे खबर छ ।
अन्दाजी वर्ष ५० का तिलकराज भेडिहार (साधु) र निजकाे श्रीमती अन्दाजी वर्ष ५० कि निर्मला भेडिहारको उनकै गोठको अगाडी पट्टी लगभग १५/२० मिटर दुरीको फरकमा दुबै जनाकाे हत्या गरिएकाे अवस्थामा शव फेला परेकाे हाे । शव धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा रहेको छ ।
भेंडिहार दम्पत्ति त्यस ठांउमा बिगत ५/१० वर्ष देखि गाई भैसी पालेर बसोबास गर्दै आईरहेको थियाे । भेंडिहार प्रतापपुर गाउपालिका वडा नं. ८ बैरियाका स्थायी बासिन्दा हुन् । नवलपरासी प्रहरीका अनुसार घटनाकाे खबर २०८० जेठ २३ गते विहान ७:२० बजे जानकारी प्राप्त भएकाे हाे ।
घटनाकाे जानकारी प्राप्त हुनासाथ तत्काल उक्त स्थानमा प्रहरी सहायक निरीक्षक दिनेश कुमार यादवको कमाण्डमा र ईलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी निरीक्षक श्यामप्रकाश यादवको कमाण्डमा SOCO सहित १२ जनाको टोली परिचालन गरिएकाे बताइएकाे छ । जिल्ला प्रहरी कार्यालयबाट समेत टोली खटि गएको छ ।

घटना हुनुको कारण नखुलेको, घटनास्थल सुरक्षित राखिएको, थप अनुसन्धान कार्य भईरहेको, अनुसन्धानको लागि तालुक जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी उपरिक्षक बिनोद सिलवाल र प्रनाउ समेतको टोली खटिगई थप अनुसन्धान भैरहेकाे जिल्ला प्रहरीका सूचना अधिकारी भाेजराज पाण्डेयले जनाएका छन् ।
घटनास्थलमा कुकुर सहितको प्रहरी परिचालन गरी अनुसन्धान भइरहेको छ ।






