भाेट माग्ने चटाराे, भारतीय सीमाकाे गाउंमा पुगे नेपाली कांग्रेसका कार्यकर्ता

176
मत माग्दै जादा बर्डर तथा नाे मेन्स लैण्डसंगै रहेकाे भारतीय एस एस बी काे कैम्प

नवलपरासी

चुनाव चिन्ह पाएसंगै नवलपरासीमा उम्मेदवारहरू भाेट माग्न कस्सिएका छन् । घरदैलाे शुरू गरिएकाे र हरेक घरमा पुगेर मत माग्न कार्यकर्ताका साथ उम्मेदवारहरू पुग्न थालेका छन् ।

पश्चिम नवलपरासीकाे प्रतापपुर गाउंपालिकामा वडा तथा पालिका स्तरका उम्मेदवारहरू मत माग्दै गाउंगाउं, टाेलटाेल, कुनाकुना मात्र हाेइन, खेतखेतमा समेत पुग्न थालेकाे खबर छ ।

मतदातासम्म पहिलाे पुग्ने कसरत तिब्र रूपमा अगाडि बढेकाे छ । मत माग्दै उम्मेदवारहरू खेतखेतमा समेत पुग्ने गरेकाे देखिन्छ । मत माग्दै हिडेका उम्मेदवार तथा कार्यकर्ताहरू दक्षिणी भारतीय सिमामा समेत पुगेर वल्लाेपल्लाे गाउंका मतदाता समक्ष पुग्ने गरेका छन् ।