15.7 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

भारतीय अार्केष्टाका मालिक नेपाल प्रहरीकाे फन्दामा

- Advertisement -

सञ्जय कुशवाहा, असाेज २५ नवलपरासी ।

सशस्त्र प्रहरी नवलपरासीले भारतीय अार्केष्टाका मालिक बताउने २ जनालाइ नेपाली सीमाबाट पक्राउ गरि कारवाही चलाएकाे छ । पक्राउ पर्नेमा भारत महराजगंज जिल्लाको निचलौल घर भएका १८ वर्षे माेहित अग्रहरी र चिउटहा घर भएका १५ वर्षे राज कनाैजीया रहेका छन् । ती दुबैजना अाफुहरू पुजा अार्केस्टाका सञ्चालक बताएका छन् ।

पुजा अार्केष्टामा दुख पाएका कारण भागेर नेपाल अाउन लागेका २ जना नेपाली चेलीलाइ पछ्याउदै नेपाल छिरेपछि ती दुबैजना प्रहरीकाे फन्दामा परेका हुन् । उनीहरूलाइ नवलपरासीकाे गुठी परसाैनीमा रहेकाे सशस्त्र प्रहरी बल बर्डर अाउट पाेष्टले गुठी परसाैनी सीमाबाट बुधवार पक्राउ गरेकाे हाे ।

सशस्त्रका प्रहरी निरिक्षक तेज बहादुर बुढाथोकीको नेतृत्वमा खटिएको टोलीले नाकामा चेक जाचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका रूपन्देही जिल्ला बुटवल उपमहानगरपालिका ब्यास कैम्पमा कोठा लिएर बस्दै अाएकी १७ वर्षीया पार्वती सुनार र बुटवल उपमहानगर पालिका शंकर नगर बस्ने २१ वर्षीया श्रृष्टि श्रेष्ठलाइ पछ्याउदै अाएका थिए । सुनार र श्रेष्ठ केही दिन अघि अाफ्नै साथीकाे प्रलाेभनमा भारत गएकाे बताएका छन् ।

उनीहरूलाइ भारत लैजाने श्रेष्ठकी आफनै साथी नवलपरासीकाे बर्दघाट घर भएकी अञ्जली चौधरीले भारतमा जागीर दिलाउने प्रलोभन दिएकी थिइन । तर उनका साथी चौधरीले ती दुबै युवतीलाई भारतको महराजगंज जिल्लाको निचलौलमा रहेको पुजा अार्केस्टामा नाच्ने काम लगाएकी थिइन ।

अार्केस्टामा लगाइएकी ती दुबै युवतीहरूलाई अार्केस्टाका मालिकले पारिश्रमिक नदिने, रातीमा रक्सी खाई युवतीहरूलाई अनावश्यक कुटपिट गर्ने र कैदी जस्तो दिनभर कोठामा थुनेर राख्ने गरेकाले उनीहरू अाफुहरू पीडामा छटपटी रहेकाे बताएका छन् । त्यहाबाट भाग्ने साेंच बनाएका दुबै जना यूवतीहरू गए राती भागेर नेपाल आएका हुन् ।

नेापल प्रवेश गर्ने क्रममा गुठी परसौनी नाकामा खटिएका सशस्त्र प्रहरीकाे सम्पर्कमा अाएका थिए । त्यस लगत्तै पछ्याउदै अाएका ती दुइ युवक अग्रहरी र कनाैजिया सीमामा प्रहरी नियन्त्रणमा परेका हुन् । सशस्त्र प्रहरीलाई युवतीहरूले युवकहरूलाई चिनाएका थिए ।

थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बेलाटारी पठाइएको सशस्त्र प्रहरी बल नेपाल वार्डर आउट पोस्ट गुठी परसौनीले जनाएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme