भरुवा बन्दुक पड्किएर मृत्यु

61
File pic

मुगु, ६ कात्तिक

खत्याड गाउँपालिका-१० डुवाना बस्‍ने अम्‍मर दिन रावलको छोरा १० वर्षीय विकास रावलको भरुवा बन्दुक पड्किएर शुक्रबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने ५२ वर्षीय परे रावलको घरमा राखेको भरुवा बन्दुक विकास रावल सहित ३ जना बच्चाहरुले खेलाउने क्रममा पड्किँदा विकासको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रातापानी र प्रहरी चौकी सुकाढीकबाट खटिएको प्रहरीले परे रावललाई उक्त भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।