11.3 C
New York
Monday, April 13, 2026

Buy now

spot_img
spot_img

बेलाहानी खानेपानी संस्थाको चौथो वार्षिक साधारणसभा सम्पन्न

- Advertisement -

बर्दघाट, १७ माघ २०८२ ।
बेलाहानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, बर्दघाट–७ पश्चिम नवलपरासीको चौथो वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार संस्थाको प्राङ्गणमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष बृहस्पति अधिकारीको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले आगामी वर्षसम्म सम्पूर्ण उपभोक्तालाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यसहित नगर अघि बढिरहेको बताउनुभयो। उहाँले बर्दघाट नगरपालिकालाई “एक घर–एक धारा” नगर बनाउने उद्देश्य रहेको उल्लेख गर्दै हाल नगरभित्र करिब ७५ प्रतिशत घरधुरीमा धारा जडान भइसकेको र बाँकी २५ प्रतिशत घरधुरीमा समेत धारा विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।
कार्यक्रमका विशेष अतिथि बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले स्वच्छ खानेपानी पिउन पाउने अधिकार नागरिकको मौलिक अधिकार भएको बताउँदै उक्त अधिकार सुनिश्चित गर्न सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
यसैगरी वडा नम्बर–१ का वडा अध्यक्ष सन्दीप सापकोटाले विधि, नीति, कानुनी झन्झट तथा भौगोलिक कठिनाइका कारण सबै वडावासीसम्म सहज रूपमा खानेपानी पुर्‍याउन चुनौती रहेको बताउनुभयो।
कार्यक्रममा बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष दीपक लम्सालले खानेपानी सुरक्षा योजनामा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै मुहानदेखि उपभोक्ताको मुखसम्म गुणस्तरीय खानेपानी पुर्‍याउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
सभामा संस्थाका अध्यक्ष बृहस्पति अधिकारीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव दीपक पोख्रेलले सचिवको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा फिल्टर जडान गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।
कोषाध्यक्ष कृष्ण प्रसाद सापकोटाले संस्थाको दुई करोड ३८ लाख १३ हजार २५१ रुपैयाँ बराबरको आय–व्यय विवरणसहित आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले १३ लाख ९८ हजार ७०५ रुपैयाँ खुद बचत गरेको जानकारी दिनुभयो। लेखा सुपरिवेक्षण समितिका संयोजक चन्द्र प्रसाद ढकालले लेखाको सिद्धान्तअनुसार हिसाब–किताब राखिएको र संस्था पारदर्शी रूपमा अघि बढिरहेको बताउनुभयो।
संस्थाका उपाध्यक्ष जिवनाथ पौड्यालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव दीपक पोख्रेलले गर्नुभएको थियो। सभाले प्रस्तुत सम्पूर्ण प्रगति प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।
२०६६ सालमा स्थापना भई २०७७ सालदेखि खानेपानी वितरण गर्दै आएको बेलाहानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले हालसम्म करिब १ हजार ९३९ घरधुरीमा धारा जडान गरिसकेको छ। संस्थाले तीनवटा डिप बोरिङमार्फत उपभोक्तालाई २४सै घण्टा पानी वितरण गर्दै आएको जनाएको छ।
अधिवेशनका लागि आगामी चैत १ गतेदेखि प्रक्रिया सुरु गर्ने गरी अधिवक्ता रामकृष्ण पौडेलको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल गठन गर्दै जिम्मेवारी प्रदान गरिएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme