बृहत नि:शुल्क स्वास्थ्य शिविर एवम् ओषधी बितरण

7
बिज्ञापन

सहबान अन्सारी, अषाढ २ गते ।
नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं. ६ स्थित जन जागृती मा.वि. गुठी परसौनीमा बृहत नि:शुल्क स्वास्थ्य शिविर एव् औषधी बितरण कार्यक्रम गरिएको छ।
ईनरव्हील क्लब आफ बुटवलको आयोजना तथा लुम्बिनी सिटी बुटवल अस्पताल र नेशनल प्याथ ल्याबको सहयोगमा ऊक्त शिविर संचालन गरिएको हो ।
शिविरमा बिभिन्न रोगहरु जस्तै नाक,कान,घाटी, हाडजोर्नी, महिला तथा प्रसुति, भिडीयो एक्सरे,ल्याब परिक्षण गरी औषधी बितरण गरिएको थियो।
जिल्लाको सिमावर्तीहरुमा सुबिधा सम्पन्न अस्पताल नभएको हुदाँ मानिसहरुलाई स्वास्थ्य परिक्षण गराऊन भारत तथा नेपालको टाडाँ टाडाँ स्थानहरुमा धाऊनु पर्ने समस्या भएको हुदाँ मानिसहरुलाई सहज र सुलभ गराऊनको लागी शिविर संचालन गरिएको डां अवधेश तिवारीले जानकारी दिनु भयो।
शिविरमा १० जना बिशेषज्ञ डाक्टर सहित करिब ४५ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको संचालन शिविरमा करिब एक हजार मानिसहरुको स्वास्थ्य परिक्षण गरि ओषधी बितरण गरीने ईनरव्हील क्लब आफ बुटवलका अध्यक्ष संजिला कश्यपले बताऊनु भयो ।
संजिला कश्यपको अध्यक्षता तथा निर्वाचन क्षेत्र नं १  ( ख) का प्रदेश सभा सदस्य अजय बहादुर शाहीको प्रमुख अथित्यता रहेको थियो।
कार्यक्रममा वडाध्यक्ष रामहरि उपाध्याय, फिजिशियन डा.मुकेश शर्मा,स्त्रि रोग बिशेषज्ञ डा.निता श्रेष्ठ, ई.डि.सी. डा.शिव रेग्मी, लोक नाथ भुषाल, अन्जली कुमारी, रुपा, भण्डारी माया भट्टराईको उपस्थिति रहेको थियो ।

Advertisement