11.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

बर्दघाटमा श्रीमद् देवी भागवत महायज्ञ हुने

- Advertisement -

बर्दघाट, १३ मंसिर ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित बाढीपीडित क्षेत्रमा रहेको उत्पत्तेश्वर महादेव मन्दिर परिसरमा श्रीमद् देवी भागवत महायज्ञ सञ्चालन हुने भएको छ ।
मन्दिर व्यवस्थापन समिति बर्दघाट–४ शिव स्मृति नगरको मुख्य आयोजनामा तथा लोककल्याण सेवा प्रतिष्ठान र रामजानकी वालिका आश्रम, भरतपुर–१, देवघाटको सह–आयोजनामा महायज्ञ आयोजना गरिएको हो। महायज्ञ मन्दिरको भौतिक पूर्वाधार विकास तथा आश्रममा आश्रित वालिकाहरूको सहयोगका लागि आयोजना गरिएको सचिव शिव चालिसेले जानकारी दिनुभयो। उहाँले महायज्ञ सफल बनाउन २०५ सदस्यीय मूल समिति र १५ सदस्यीय सचिवालय समिति गठन गरिएको छ। नेपालकै ख्यातिप्राप्त कथा वाचिका उमामहेश्वरी शास्त्रीको मुखारविन्दुबाट दिव्य कथा वाचन हुने जनाइएको छ।

शनिवार आयोजित पत्रकार सम्मेलनमा महायज्ञ व्यवस्थापन पक्षका संयोजक काशीनाथ नेपालले समाज र मन्दिर एक–आपसमा जोडिएको विषय भएकोले सानातिना गल्तीमा विवाद नगरी सबैलाई सहकार्य गरी महायज्ञ सफल पार्न आग्रह गर्नुभयो। उहाँले कसैलाई पनि जबर्जस्ती दान गर्न दबाब नदिइने र स्वेच्छिक रूपमा सहयोग स्वीकार गरिने स्पष्ट पार्नुभयो।
महायज्ञ अवधिभर बिहान पूजा–आराधना, शिव पुराण पाठ, हवन–अभिषेक, कथा प्रवचन तथा साँझ महाआरती, भजन–कीर्तन र प्रसाद वितरण गर्ने कार्यक्रम तय गरिएको छ। महायज्ञ मंसिर २१ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ।
रामजानकी वालिका आश्रमका महासचिव रामेश्वर खनालले समाजमा धर्मका नाममा कतिपय विकृति देखिए पनि आफूहरूले अनाथ र असहाय वालिकाहरूको निस्वार्थ संरक्षण, आध्यात्मिक तथा आधुनिक शिक्षा एकसाथ दिँदै आएको बताउनुभयो। आश्रममा गीता, भागवत, देवी भागवत, रामायणजस्ता धार्मिक ग्रन्थको अध्ययन र विज्ञान, बीबीएस तथा कम्प्युटर शिक्षा दिइँदै आएको र हाल ७ जना वालिकालाई कथा वाचिका बनाउन सफल भएको उहाँको भनाइ छ।

महायज्ञको पहिलो दिन मंसिर २१ गते शोभा–कलश यात्रा हुनेछ। विभिन्न क्लब, संघ–संस्था, आमा समूह, समाजसेवी, पत्रकार र सर्वसाधारणको सहभागितामा झाँकी, भेषभूषा, कला–संस्कृति झल्कने प्रस्तुति र बाजागाजासहित बर्दघाट–४ का विभिन्न टोल परिक्रमा गरिने उत्पत्तेश्वर भजन समूहका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो।

त्यस्तै, मंसिर २२ देखि २७ गतेसम्म मण्डप पूजा, ब्रह्मपूजा, हवन, शान्तिपाठ र पितृ संकल्प कार्यक्रम सञ्चालन हुने र बिहान ११:३० बजेपछि दिव्य कथा प्रवचन हुने समाजसेवी शारदा नेपालले बताउनुभयो। हरेक साँझ भजन–कीर्तन जारी रहनेछ।

मंसिर २८ गते लक्ष्यदीप प्रज्वलन, विशेष कथा वाचन र रात्री जागरण हुनेछ भने अन्तिम दिन मंसिर २९ गते हवन–पूजा, तिलार्पण, पूर्णाहुति, विसर्जन, पूर्णाभिषेक, समापन समारोह र प्रसाद वितरणपछि महायज्ञ सम्पन्न गरिने आयोजकले जनाएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme